News 24 Television
सावित्री कंचनजंगा अगरबत्तीले ल्यायो चाडपर्व विशेष अफर

काठमाडौं । सावित्री कंचनजंगा अगरबत्ती उद्योगले बडादशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल सञ्चालन गरेको छ । 

कम्पनीले कालीमाटीसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पहिलेको तुलनामा यी पसलबाट सावित्री कंचनजंगाका ब्रान्डका सामानहरू खरिद गर्दा विशेष छुट पाइने कम्पनीका जनरल म्यानेजर पुष्कर केसीले जानकारी दिए । कंचनजंगाको यी सुपथ मूल्यका पसलहरू छठसम्म सञ्चालनमा हुनेछन् ।

kanchanjangha-2-1728284661.JPG
कम्पनीले आफ्ना ग्राहकहरूको सहजताको लागि उक्त पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङले चाडपर्व लक्षित सञ्चालन ल्याएको उपत्यकाभित्रका अधिकांश सहुलियत पसलमासमेत सावित्रीका ब्रान्ड उपलब्ध रहेको केसीले बताए ।

केसीका अनुसार उक्त पसलबाट अगरबत्ती खरिद गर्दा धेरै हदसम्म मूल्यमा छुट हुनेछ । कम्पनीले दशैं लक्षित उपत्यकाकामा वर्षेनी सहुलियत पसल सञ्चालन गर्दै आएका छ । यद्यपि आगामी दिनमा भने उपत्यकाका बाहिर पनि यस्तो पसलको सञ्चालन गर्ने केसीको भनाइ छ । हाल उक्त कम्पनीले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ । पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्रान्डको रूपमा स्थापित छ ।

kanchanjangha-1728284688.JPG
नेपालमा नम्बर वान सावित्री कंचनजंगा अगरबत्ती गुणस्तरीय हुनुका साथै आम उपभोक्ताबिच निकै लोकप्रिय छ । यस्तै, उक्त ब्रान्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाम लगायतका देशमा पनि निर्यात हुँदै आएका केसीले बताए ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update