काठमाडौं । दशैं मनाउनका लागि ६ दिनमा उपत्यकाबाट करिब ४ लाख मानिसले उपत्यका छाडेका छन् । तर, सडकको दुराअवस्था र यातायात व्यवस्थापनमा सरकारले ध्यान पु¥याउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु बाध्यता बनेको छ ।
बर्षात्का कारण अबरुद्ध भएका सडकहरु एकतर्फी सञ्चालनमा ल्याइए पनि सडकमा जोखिम टरेको छैन । अझै सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु राखेर सञ्चालन गर्दा यसले थप जोखिम बढाएको देखिन्छ ।
काठमाडौं उपत्यकाबाट मात्रै पछिल्लो ६ दिनमा सार्वजनिक यातायातबाट ३ लाख ८० हजार भन्दा बढी दशैं मनाउन थातथलो फर्की सकेका छन् । बर्षात्का कारण सडक अबरुद्ध भएपछि रोकिएका लाखौं यात्रुहरु उपत्यका छाड्ने तयारी गरिरहेका छन् ।
अबरुद्ध केही राजमार्गमा एकतर्फी मात्रै भएपनि सडक सञ्चालनमा ल्याइएको छ । सडकबाट यात्रा गर्न लागेका यात्रुहरुको यात्रा अहिले कष्टकर र जोखिमपूर्ण देखिन्छ ।
यस्तो अवस्थामा पनि सवारी साधनमा अझै क्षमता भन्दा बढी यात्रु राख्दा यात्रुले जोखिमपूर्ण यात्रा गर्न परिरहेको छ ।
सडकको अवस्था जोखिमपूर्ण हुदाँ यात्रा सहज छैन । सिमित मात्रै गाडि बसपार्कमा भित्रिएका छन् । अहिले यात्रुको माग धान्ने गाडि बसपार्कमा देखिदैनन् ।
यस्तो वेला सरकारले केही विकल्प सोच्नु पर्ने थियो तर काउण्टरबाटै गाडिको क्षमता भन्दा बढी यात्रुको टिकट काटिदाँ आफुहरुलाई सवारी चलाउन समेत जोखिम बढेको सवारी चालकहरु नै बताउँछन् ।
सडकको दुरअवस्थाले यात्रुहरु त्रशित छन् । त्यहिमाथि सवारी साधनमा क्षमता भन्दा बढी यात्रु कोचिदाँ यसले अझै जोखिम बढाएको छ ।
सरकारले दशैंको बेला सबै घर फर्किन चाहनेहरुको यात्रा सुरक्षित बनाउन केही उपाय सोच्नु पर्ने थियो तर त्यसतर्फ चासो समेत दिएको देखिदैन ।
हिन्दु नेपालीहरुले दशैंलाई उत्सवको रुपमा मनाउने गर्छन् । काठमाडौं उपत्यकामा बस्ने मात्रै नभएर प्रवासी नेपालीहरु पनि दशैं मनाउन बर्षौं पछि बिदा मिलाएर थातथलो फर्किन काठमाडौं आएका छन् । तर उनीहरुलाई यात्रामा सुरक्षित तुल्याउन सरकार चुकिरहेका आरोप लागिरहेको छ । भने, सरकारप्रति नागरिककोे गुनासो बढ्दै गएको पाइन्छ ।