News 24 Television
शिक्षा क्षेत्रमा नयाँ–नयाँ समस्या, कमजोर नीति कि अरु केही ?

काठमाडौं । विगतको तुलनामा नेपालको शिक्षा क्षेत्रमा थुप्रै उपलब्धिमुलक काम भएका छन् । सबै नागरिकमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले शिक्षा नीति–२०७६ ले आधारभूत शिक्षादेखि शैक्षिक सुशासन र जनशक्ति व्यवस्थापनलगायत विषयलाई प्राथमिकतामा राखेको पनि छ । 

तर, नेपालको शिक्षा नीतिमा समेटिएका विषय व्यवहारमा निकै कम मात्र लागु भएका कारण शिक्षा क्षेत्रमा सोचे अनुरुप उपलब्धि भने हासिल गर्न सकिएको छैन । 
 
औपचारक शिक्षा मानव जीवनका लागि मात्र नभएर मुलुकको विकास र संवृद्धीका लागि समेत महत्वपूर्ण पक्ष हो । शिक्षाले नै उज्यालो बाटो देखाउने र विकासको बाटोतर्फ लैजान समेत मदत गर्दछ । शिक्षाको यहि विशेषता कै कारण नेपालको शिक्षा नीतिले नै सबै नागरिकलाई अनिवार्य आधारभूत शिक्षामा पहुँच पु¥याउँने जस्ता कुरालाई जोड दिएको छ । 

शिक्षा नीति–२०७६ का अनुसार प्रारम्भिक बालविकास तथा शिक्षा अनिवार्य, निःशुल्क आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, उच्च शिक्षा, अनौपचारिक तथा जीवनपर्यन्त शिक्षा जस्ता विषयलाई महत्वका साथ समेटिएको  छ । 

नेपालको शिक्षा नीतिले सबै नागरिकलाई शिक्षाको उज्यालोबाट बन्चित नगर्ने उदेश्यले निशुल्क आधारभूत शिक्षालाई समेत जोड दिएको छ । 

नेपालको शिक्षा नीतिलाई हेर्ने हो भने नीतिगत तथा प्रणलीगत विषय समय समयमा परिर्वन गरिदै आएको छ । विगतमा त्रि.विबाट प्रमाणपत्र तह संचाल गरेको सरकारले अहिले भने कक्षा १२ सम्मलाई विद्यालयस्तर शिक्षामा समिटिएको छ । साथै अहिले १२ पछिको पढाईलाई वार्षिक प्रणालीबाट अहिले सेमेस्टर प्रणालीमा परिर्वतन समेत गरिएका छन् । 

नेपालले समय समयमा शिक्षा प्रणालीमा गरेका फेरबदले शिक्षा क्षेत्रलाई सरकारले कसरी सुधार गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएको देखिन्छ । 

नेपालको शिक्षा नीति र शिक्षा प्रणालीलाई सुधार गरी शिक्षाको गुणस्तरता बढाउन प्रयत्न सरकारले गरेको देखिन्छ पनि तर बनाएका नीति नियमलाई कसरी व्यवहारमा उतार्ने तथा कुन निकायले कुन विषयमा जोड दिने भन्ने विषय प्रस्ट पार्न नसक्दा नेपालको शिक्षा प्रभावकारी हुन नसकेको नभएको कतिपयको तर्क छ । 

नेपालले शिक्षा क्षेत्रका लागि लिएको नीतिलाई हेर्ने हो भने नीतिगत विषयमा समेटिएका विषयमा खोट लगाउने ठाउँ खासै देखिदैन । तर, सकारले नीतिगत विषयलाई व्यवहारमा लागू गर्न नसक्दा नेपालको समग्र शिक्षा क्षेत्र प्रभावित बन्नु दयनीय अवस्था हो । 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update