सर्लाही । चाडपर्व लक्षित गरी सर्लाही जिल्लाको सदरमुकाममा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्व लक्षित गरी सर्लाही लालबन्दिमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रुहरूमाथि हैरानी हुने गरेको जनगुनासो बढेसँगै लालबन्दि बजारमा नागरिक सहायता कक्ष खडा गरिएको हो । सर्लाहीको लालबन्दी ,नवलपुर ,फुलजोर ,कर्मैया,बरहथवा र सदरमुकाम मलङवामा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ ।
आज बिहीबार उक्त स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी पाउने र गराउने ठाउँ यात्रु सहायता कक्ष राखियको हो ।
यात्रु सहायता कक्षको शुभारम्भ गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले यात्रुहरुलाई ठगीबाट बच्न यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
नागरिक सहायत कक्ष स्थापनासँगै प्रहरीले चाडपर्वलक्षित गरी सुरक्षा व्यवस्था कडा पारेको छ । यातायात व्यवसायीले क्षमता भन्दा बढी यात्रु राखे वा नराखेको र तोकिएको भन्दा बढी भाडा अशुल गरे वा नगरेको विषयलाई मुख्य रूपमा प्रभावकारी अनुगमन गर्नेछ ।
‘यात्रुहरूले यात्राका क्रममा कुनै पनि समस्या खेप्नु परेमा सहायता कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ’ निरिक्षक घिमीरेले भने, ‘यातायात व्यवसायीले यात्रुसँग बढी भाडा लिने, बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा कारबाही गर्ने जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबिन्द्र बहादुर शिङ्ग बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरि निरिक्षक रजोस घिमीरे विश्वास व्यक्त गरे । साथै उनले हरेक स्थानको भाडा दर र समय तालिका यात्रु सहायता कक्षमा अनिवार्य राख्न निर्देशन समेत दियका छ्न । सर्लाहीबाट विभिन्न स्थानका लागि लामो तथा छोटो दूरीका सवारी साधान छुट्ने गर्छन् ।
यात्राको क्रममा कुनै प्रकारको असहज महसुस भएमा र सामान छुटेमा अब यात्रु सहायता कक्षको सहायतामा सहज हुनेछ हेतूले नागरिक सहायत कक्ष स्थापनासँगै प्रहरीले चाडपर्वलक्षित गरी सुरक्षा व्यवस्था कडा पारेको छ । यातायात व्यवसायीले क्षमता भन्दा बढी यात्रु राखे वा नराखेको र तोकिएको भन्दा बढी भाडा अशुल गरे वा नगरेको विषयलाई मुख्य रूपमा प्रभावकारी अनुगमन गर्नेछ ।
यात्रुहरूले यात्राका क्रममा कुनै पनि समस्या खेप्नु परेमा सहायता कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ’ निरिक्षक घिमीरेले भने, ‘यातायात व्यवसायीले यात्रुसँग बढी भाडा लिने, बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा कारबाही हुन्छ ।
अन्य समयमा भन्दा चाडपर्वमा विभिन्न स्थान जाने र आउने मानिसहरूको चहलपहल बढी हुने गरेको छ । जसका कारण यात्राको क्रममा सर्वसाधारण विभिन्न बहानामा ठगिने सम्भावना बढी हुन्छ । यसतर्फ सरोकारवाला निकाय चनाखो हुनुपर्ने देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय संस्था समेतको समन्वय र सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
सर्लाहीमा दसैं, तिहार र छर्ट पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।