News 24 Television
नाँचु नाँचु लाग्ने “कुचु कुचु मिनावल”  (भिडियो)

काठमाडौं । नेपाल भाषाको चर्चित चलचित्र “पखाः”मा आफ्नो अभिनयको उत्कृष्टता दिएकी बरिष्ठ कलाकार सूर्यमा लाखनाल अभिनित नेपाल भाषाको म्युजिक भिडियो कुचु कुचु मिनावल सार्वजनिक भएको छ । 

नेपाल भाषाकै निकै चर्चित गीतहरु लिक्कवयाः, जितःयःम्हछम्ह दु, वयाःमां जिलगायत थुप्रै गीतहरुमा आफ्नो स्वर दिइसकेकी गायिका रत्नशोभा महर्जनको गायन रहेको यस गीतमा गायक तथा संगितकार सतिश महर्जनले संगीत रहेको छ भने यसको रचना कुलबहादुर महर्जनले गरेका हुन् ।

मगन इन्टरटेन्मेन्टको निर्माणमा सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा अमिता महर्जन लगायत अन्य नयाँ प्रतिभाहरुको नृत्य रहेको छ । 

ललितपुरको ठेचोको बिभिन्न स्थानमा छायांकन गरिएको यस गीतको निर्देशन, छायांकन, सम्पादन र भि एफ एक्स रजिन महर्जनले गरेका हुन् । 

बिक्रम महर्जनको कला निर्देशन, सनिशा महर्जनको सह निर्देशन तथा संजिव रत्नशाक्यको कलर करेक्शन रहेको यो म्युजिक भिडियो कुचु कुचु मिनावल मगन इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update