News 24 Television
किरात याक्थुङ चुम्लुङ जर्मनीको नयाँ कार्य समिति चयन,  नेतृत्वमा सञ्चमान जबेगु

म्युनिख जर्मनी । सञ्चमान जबेगुको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ जर्मनीमा नयाँ कार्य समिति चयन भएको छ । जर्मनीको म्यूनिकमा २२ अगस्टमा सम्पन्न पाँचौं धिवेशनबाट जबेगुको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा शोभा लक्सम लिम्बू, सचिवमा लोकेन्द्र साँबा, सहसचिव सेन्छेलुङ पतङवा र कोषाध्यक्षमा छत्र नेयोङहाङ चयन भएका छन् । 

त्यसैगरि सदस्यहरूमा सरस्वता थेबे काम्बाङ, शम्भुसेन तुम्बापो, पूर्णहाङ नेम्बाङ, युगल यवा, सुमन लिम्बु, मधु निङलेखु, अञ्जना लिम्बू र विक्रम साँबा लिम्बू चयन भएका छन् ।

जर्मनी चुम्लुङले याक्थुङ लिम्बूहरूको सांस्कृतिक, भाषिक एवम् पहिचान झल्किने कार्यक्रमहरूलाइ विशेष प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष जबेगुले बताए । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update