News 24 Television
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !

मुगु । मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार । 

महानचाड दशैँ आइसक्दा समेत कामदारले ज्याला पाउन सकेका छैनन्, भने लाखांै मूल्य बराबरका कपासबाट उत्पादन गरिएका तयारी कपडाहरु यतिकै थन्किएका छन् । 

साना किसान सहकारी संस्था मार्फत सन्चालन भएको यस उद्योगबाट  पछिल्लो समयमा लाखौँ मुल्य बराबरका सामानहरु उत्पादन गर्ने गरिएको छ । तर, उत्पादित कपडा, तेललगायतले  बजार नपाउँदा समस्या भइरहेको छ । 

बजारको उचित व्यवस्थापन नहुँदा लाखाँै मूल्य पर्नेे तयारी सामान उद्योगको गोदाममा नै थन्किएका छन्  ।

मुगुको सोरु गाँउपालिका कच्र्चे, तारापानि, सिप, बुम्च, कालै धेन, भिई, नाथर्पु, जिमाका कृषकहरुले उत्पादन गरेको कपास खरीद गरी परिवर्तनशिल साना किसान सहकारी सस्थाका अनुसार उत्पादन गरेका गुनियु, पटुका, मफलर, कोट, दोसल्ला, डसना,तगीया,सिरानि,दौरा सुरुवाल गर्ने कपडा  र कपासको १० लिटर तेल ,कपासका दाना  १५ क्वीन्टल गरी १५,१६ लाख भन्दा बढीको सामान थन्किएको छ । 

मुगुको एक मात्र कपास उद्योगलाई जिल्लामा रहेका कुनै पनि स्थानिय तहहरुले सहयोग नगरेको  र बजारीकरणको अभावले लगानी थन्किएको परिवर्तनशिल साना किसान सहकारी सस्था अध्क्षय पदम बहादुर मल्लको गुनासो छ ।

उद्योगका उत्पादनले बजार नपाउँदा यसको प्रत्यक्ष मार कामदारलाई परेको छ । स्थानीय स्तरबाट उत्पादन गरिएको कपास उद्योगमा पहिला पहिला कामको आधारमा कामदारले सेवा पाउने गरेका थिए । तर अहिले विक्रीका लागी तयारी गरेका सामान बिक्री नभए पछि आधा दर्जन भन्दा बढी कर्मचारी तथा कामदारले २,३ महिना यता तलब सेवा पाउन सकिरहेका  छैनन् ।

सोरु गाँउपालिकाले कपास उद्योगबाट तयार गरिएका केही सामानहरु प्रयोग तथा सहयोग गरिरहेको देखिन्छ । उद्योगमा ५ ,६ जना कामदार लगाउनु मात्र ठूलो कुरा नभएको बताउदै पालिकाभरी रहेका कृषकहरुले उत्पादन गरेको कपास कसरी उद्योगले प्रयोग गर्ने भन्ने सोचे बजारका लागि सहजिकरण गर्न सहज हुने गाउँपालिका उपाध्यक्ष केशर बहादुर शाही बताउँछन् । 

अब भने लोपमुलक रैथाने कपास खेती तथा उद्योगलाई कसरी नियमित सन्चालन गर्ने गुणस्तर बस्तु उत्पादन तथा बजारीकरणको बिषयमा उद्योगसँग सहकार्य गरी अघी बढ्ने  योजना रहेको जनप्रतिनिधिहरु बताउँछन् । 

उद्योगमा उत्पादन भएका सामाग्रीहरु स्थानिय बजार तथा  जिल्ला बाहीरका बजारसम्मको बजारीकरण गर्नसक्ने बाताबरण बनाउन स्थानीय स्तरबाटै पहल गर्न जरुरी छ । 

यसका लागी स्थानिय तहले यस्ता उद्योग तथा ब्यावसायहरुलाई अनुदानको ब्यबस्था गरीदिएमा  सहज रुपमा उद्योग बाट उत्पादन गरेका सामानहरु बिक्री हुने देखिन्छ । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update