News 24 Television
सर्टिफिकेट पारीको, ब्रह्मलुट नेपालमा 

जनकपुरधाम  । किर्ते सर्टिफिकेट पेश गरेर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा जितेन्द्र कुमार यादवले स्थायी नियुक्ती लिएको पाईएको छ । 

उनले भारतको विहार राज्यको विहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) उतिर्ण गरेको नक्कली सर्टिफिकेट देखाएर २०६७ साल देखि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा स्याथी नियुत्ती लिएको खुलेको हो । 

अहिले उनी परिषद्को प्रशासन प्रमुखका रुपमा कार्यरत छन् । जितेन्द्रले परिषद्मा पनि आर्थिक अपचलन गरेको प्रमाणहरु छरप्रष्ट भईसक्दा पनि उनले उन्मुक्ति पाई रहेका छन् । 

यी व्यत्ति जितेन्द्र कुमार यादव हुन् । अहिले यिनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को प्रशासन प्रमुखका रुपमा कार्यरत छन् । 

बृहत्तर जनकपुर क्षेत्रविकास परिषद् जनकपुरधाममा २०६५ साल माघ १० गते देखि कार्यालयमा सञ्चालन भएका योजना तथा कार्यक्रहरुको निरीक्षण गर्न तालिम प्राप्त सुपरभाइजरका रुपमा उनको प्रवेश भएको देखिन्छ । त्यसपछि उनलाई परिषद्ले २०६७ फागुन ८ गते एक बर्षे परीक्षणकाल रहने गरि नायव सुब्बा पदमा स्थायी नियुक्ती गरेको थियो । 

सो बेला यादव मात्रै होइन उनी सहित १८ जना लाई परिषद्मा स्थायी नियुक्ति दिइएको थिो । तर यसरी स्थायी नियुक्ति दिदाँ लोकसेवा आयोगबाट परीक्षा लिएको तथ्य भने कतै फेला परेको छैन । 

त्यतिबेला परिषद्ले पदाधिकारीहरुले आफैले सेटिङ्गमा परिक्षा लिएर आफ्नै व्यक्तिहरुलाई नियुक्ती दिईएको यसका जानकारवाला बताउँछन् । उनीहरुको नियुक्ती पनि ऐन विपरीत रहेको भन्दै अख्तियारमा मुद्धा परेपछि अहिले पनि अख्तियारले यस बिषयमा अनुसन्धान गरिरहेकै छ । 

स्थायी नियुक्ती गर्ने कानुन नभएको भन्दै अनुसन्धान भै रहेकै बेला कार्यालयका प्रशासन प्रमुखका रुपमा कार्यरत रहेका जितेन्द्र कुमार यादवले परिषद्मा नक्लली सर्टिफिकेट देखाएर नियुक्ती लिएरको प्रमाण बाहिरिएको छ । 

उनले नियुक्त लिदाँ पेश गरेको भनिएको भारतको विहार राज्यको विहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट लिएको प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) उत्तीर्ण गरेको सर्टिफिकेट नक्कली भेटिएको हो । 

यो प्रमाण पत्र अनुसार जितेन्द्र कुमार यादवले आईएस्सी विज्ञान विषयमा पास गरेको देखिन्छ । यसमा १२ सय पूर्णांकमा उनले सबै बिषयमा ५ सय १३ अंङ्क ल्याएको उल्लेख छ । तर सर्टिफिकेटमा उल्लेख गरिएको सबै बिषयको नम्बर जोड्दा भने ६ सय ३५ हुन आउँछ । 

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को भ्रष्ट्राचारको बिषयमा स्थलगत रिपोर्टीङ्गमा पुग्दा यो तथ्य खुलेपछि हामि उनलाई खोज्दै परिषद्मा पुगेका थियौं । तर उनी यस बिषयमा प्रश्न गर्दा उनी बोल्नै मानेनन् । आफु नबोल्ने भन्दै पन्छिन खोजे । 

तपाई नबोल्ने भए हामी त्यही प्रशारण गर्छाै भनेपछि बल्ल उनी बोल्न तयार भए । उनले प्रमाणपत्रमा उल्लेख भएको अतिरिक्त नंवर भोकेसननबाट पाएको दाबी गरे । भोकेसनलमा पाएको ३० नंवर गणना नहुने उनको तर्क छ । 

त्यसो त उनले देखाउने गरेको प्रमाणपत्र नै फरक फरक अंक सहितको छ । हामीसँग भएको उनको प्रमाणपत्रमा उनले प्राप्त गरेको नम्बर ५०७ छ । तर उनीसँग ५ सय १३ र  ५ सय ७ नंवर भएको प्रमाणपत्र छ । 

यस्तो गल्ती कसैको प्रमाणपत्रमा हुँदैन । तर यो विषयमा आफुलाई केही थाहा नभएको भन्दै उनी पन्छिए । जितेन्द्रको सर्टिफिकेटको विषयमा सिआईविमा पनि अनुसन्धान जारी छ । जितेन्द्र मात्रै नभएर विहारबाट ल्याईएको यस्ता अन्य व्यक्तिहरुको सर्टिफिकेटमा पनि सिआईबीले अनुसन्धान गरिरहेको छ । 

जितेन्द्रका सर्टिफिकेटका बिषयमा अनुसन्धान गरिरहेका केही अधिकारी र यसका जानाकारवालाहरु संग बुझ्दा भने कुनै पनि सर्टिफिकेटमा प्राप्त भएको नम्बर घटाउने वा बढाउने नियम कुनै पनि विश्व विद्यालयमा नहुने बताए । 

हामीले जितेन्द्रलाई आईएस्सीको प्रमाणपत्रलार्ई मान्यता दिइएको प्रमाणपत्र मागेका थियौं तर उनले उक्त प्रमाण पनि हामिलाई अहिलेसम्म उपलब्ध गराएका छैनन् भने उनको प्रमाणपत्रको बिषयमा अनुसन्धान गरिरहेका राज्यका निकायहरुमा पनि उपलब्ध गराउन नसकेको तथ्य खुलेको छ। यसैबाट पनि उनले नक्कली प्रमाणपत्र देखाएर बृहत्तरमा २०६७ साल देखि नै स्थायी नियुक्ती लिएको पुष्टि भएको छ ।

नक्कलि सर्टिफिकेटबाट नियुक्ती लिएका जितेन्द्रको बृहत्तरमा ब्रहलुट 

नक्कली प्रमाणपत्र लिएर लिएर बृहत्तर क्षेत्र बिकास परिषद्मा स्थायी नियुक्ति लिएका जितेन्द्रले बृहत्तर क्षेत्र विकास परिषद् भित्र पनि ब्रह्मलुट गर्न छाडेका छैनन् । 

कर्मचारीको मिलोमतोमा उपभोक्ता समिति गठन गरि ब्रहलुट मच्याईएको समाचार न्यूज न्यूज २४ मा प्रशासर भै सकेको छ । यी नै जितेन्द्रले उपभोक्ता समितिको खातामा रहेको ९ लाख ९९ हजार आफ्नै नाममा चेक काट्न लगाएर झिकेको पाईएको छ भने उनले श्रम सहभागिता अन्तर्गत उपभोक्ता समितिले हाल्नु पर्ने रकम २ लाख ७० हजार जम्मा गरि सोही दिन रविन कुमार यादवको नामबाट झिकेको पाईएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update