News 24 Television
अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान

काठमाडाैँ । अरब लीगका महासचिव अहमद अबोल–घितले अन्तर्राष्ट्रिय समुदायलाई इजरायली आक्रमण र त्यसका प्रभावहरूविरुद्ध आवाज उठाउन आग्रह गरेका छन् ।

अरब लीगका प्रमुखले जारी संकटको बीचमा लेबनान र जनतासँग ऐक्यवद्धता व्यक्त गरे । लेबनानी जनताले हालैका वर्षहरूमा धेरै पीडा भोग्नुपरेको उल्लेख गर्दै यो गम्भीर अवस्थालाई समाधान गर्न पहिले भन्दा बढी सहयोग आवश्यक रहेको बताए ।

लेबनानका जनताको नागरिक शान्ति कायम राख्ने र साम्प्रदायिक द्वन्द्वबाट बच्न सक्ने क्षमतामा आफ्नो विश्वासलाई जोड दिँदै लेबनानमा भएका घटनाक्रमहरूमा अबोल–घितले चिन्ता व्यक्त गरे । उनले लेबनानमा इजरायली आक्रमणको निरन्तरताको पनि निन्दा गरे। 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update