News 24 Television
बाढी पहिरोले ८ विद्यार्थीले गुमाए ज्यान, विद्यालयको क्षति कति ?

काठमाडौं । अविरल वर्षका कारण देशभर आएको भिषण वर्षाका कारण उत्पन्न बाढी, पहिरो र ढुवानको चपेटेमा विद्यालय तथा विद्यार्थीहरु समेत अछुतो राहन सकेनन् । बाढी, पहिरो र ढुवानले विद्यालयका भौतिक संरचाना प्रभावित बनाउनुका साथै देशभर ८ जना विद्यार्थीले ज्यान गुमाएका छन् ।  

भनिन्छ, प्राकृतिक विपत्ती बाजा बजाएर आउँदैन । यस्तै भयो गत शनिवार देशैभरको अवस्था । भिषण वर्षाले उत्पन्न बाढी पहिरो, ढुवाले मुलुक भरनै वितण्डा मच्चायो । अर्बौैंैको भौतिक क्षतिका साथै मानविय क्षति पनि उतिनै । 

मुलुकभर वितण्डा मचाएको बाढी पहिरो र ढुवानले शैक्षिक संस्था र विद्यार्थीहरु पनि प्रभावित बनाएको छ । साथै पहिरोका कारण ८ जना विद्यार्थीको ज्यान समेत गुमाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका अनुसार पछिल्लो तथ्यांक अनुसार तेह्रथुम, ललितपुर, सिन्धुली, काभ्रेपलान्चोक, गुल्मी र सुर्खेतका विद्यालयहरूमा पूर्ण तथा आंशिक क्षति पुगेको छ । 

बाढी पहिरोको पहिलो दिनको तथ्यांक अनुसार १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको तथ्यांकामा छ । साथै अहिले पनि विभिन्न स्थानबाट थप विरण आइरहेको मन्त्रालयको भनाई छ । 

प्रारम्भिक तथ्यांक अनुसार १० हजार ९ सय भन्दा बढी विद्यार्थी बाढी पहिरोबाट प्रभावित बनेको देखिन्छ । बाढी पहिरो र ढुवानका कारण विभिन्न स्थानमा विद्यालया भएको क्षति भएका कारण पठनपाठन समेत प्रभावित भएको छ । बाढी पहिरोका कारण मुलकभर ८० भन्दा बढी विद्यालयमा पूर्ण तथा आंशिक क्षतिपुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको तथ्यांकमा छ । 

मुलुकभर आएको प्राकृतिक विपत्तिले शैक्षिक क्षेत्रले समेत भौतिक तथा मानवीय क्षती व्यवहोर्नु परेको छ । बाढी र पहिरोका कारण विद्यालयका भवन सामान्य देखि पूर्ण क्षति पुगेकाले कतिपय स्थानमा अहिले पठनपाठन ठप्प छ । 

त्यसले अहिलेको प्राकृतिक विपद्ले पूर्ण क्षतिपुगेका स्थानका विद्यालयका भवन निर्माण गर्न तथा समान्य तथा आंशिक क्षति पुगेका भवन पुनसंरचना गर्न तर्फ सम्बन्धित निकायले तदारुकता देखाउँन आश्वयक देखिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update