News 24 Television
विद्यालयमा मच्चियो विपत्तिको वितण्डा, सरकारको निर्देशन के ?

काठमाडौं । देशभर निम्तिएको प्राकृतिक विपत्तिले विद्यालयका भौतिक पूर्वाधार समेत प्रभावित बनाएको छ । साथै सडकहरु समेत बाढीपहिरोले प्रभावित बनाएसँगै अधिकांश स्थानमा सडक सम्पर्क टुटेको छ ।

विपत्तिकोे यो भयानक अवस्थामा विद्यार्थीको ज्यानको सुरक्षाका लागि भन्दै सरकारले विभिन्न निर्णय गरेको छ । अविरल वर्षाका कारण शनिबार देशका सयौं स्थानमा बाढीपहिरो र डुबानले वितण्डा मच्चायो । बाढीपहिरोमै परेर सयौं मानिसको ज्यान गइसकेको छ । 

वेपत्ताको खोजी जारी  छ । विपत्तिले काठमाडौं उपत्यका सहित देशभर भौतिक संरचनामा समेत क्षति पु¥याएको छ । 

बाढी पहिरो र डुबानका कारण विभिन्न स्थानका विद्यालय परिसरका पूर्वाधार सहित अन्य भौतिक पूर्वाधारमा असर परेका कारण आवत–जावतमा कठिनाई पुगेको छ ।

यहि विषयलाई मध्यनजर गदै  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखी तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै प्राकृतिक विपत्तीले विभिन्न स्थानमा असर पु¥याएका कारण विद्यालय भवनमा आकस्मिक व्यवस्थापन समेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध समेत गरेको छ । 

साथै अहिले सञ्चालनमा रहेको परीक्षाहरु केहि समयका लागि स्थगन गर्ने निर्णय समेत सरकारले गरेको  छ । विभिन्न स्थानका विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले पनि देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण परेको असरलाई मध्यनजर गदै विभिन्न सङ्कायका परीक्षा अहिलेलाई स्थगित गरेको छ ।

त्रिविले सूचना जारी गदै यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय  विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बि.ए, बि.एड, बि.बि.एस र बि.एस्सीको असोज १३ गते देखि हुने परीक्षा समेत स्थगित गरेको छ । 

साथै स्थगित भएको परिक्षा असोज २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुने समेत त्रिविले जनाएको छ । अविर वर्षासंगै देशभरभएर आएको बाढी,पहिरो र ढुवानका कारण जनजीवन कष्टकर बन्नुका साथै पठनपाठन तथा परिक्षा समेत प्रभावित बन्न पुगेको छ । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update