धादिङ । काठमाडौं चन्द्रागिरी नगरपालिका २ झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ । तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् ।
शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उद्दार शुरु गरिएको थियो । यद्दपी जिवित उद्दार भने सम्भव भएन । यहाँ थप यात्रु समेत रहेको हुनसक्ने अनुमान प्रहरीको छ ।
त्रिभुवन राजपथको नौविसे नागढुङ्गा अन्र्तगत पर्ने काठमाण्डौ जिल्लाको चन्द्रगिरी नगरपालिका – २ झ्याप्ले खोलामा पुरिएका बसबाट शव निकाल्ने क्रम जारी छ ।
अविरल वर्षाका कारण आएको पहिरोमा तीन वटा बस पुरिएपछि यहाँ शनिबारदेखि नै उद्दार जारी छ । तर, यात्रुको जिवितै उद्दार भने गर्न सकिएन । हालसम्म ३५ जना यात्रुले शव निकालिएको छ ।
वुटलबाट काठमाण्डौ आउदै गरेको लु १ ज माईक्रो वसमा सवार १४ जना र चितवनबाट काठमाण्डौ आउदै गरेको बा २ ख १३४५ नम्वरको माईक्रो वसमा सवार १६ जना र गोरखाबाट काठमाण्डौ आउदै गरेको ना४ख २२७० नम्वरको वसमा सवार ५ जनाको शव निकालिएको छ ।
उद्धार गरेको सवै शव काठमाण्डौ स्थित टिचिङ्ग अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । उद्धार कार्य समयमै हुन नसक्दा यात्रुको जिवित उद्दार नभएको भन्दै स्थानीय आक्रोशित छन् । तर, प्रशासनको भनाई यस्तो छ ।
हाल राजमार्गमा गएको पहिरोमा परेका यात्रुलाई सुरुङ्ग मार्ग हुँदै चन्द्रगिरी नगरपालिकाले उद्धार कार्य गरिरहेको छ भने, सुरुङ्ग मार्ग हँुदै आपतकालिन अवस्थामा परेका एम्वेलन्स, अत्यावश्यक ढुवानीका सवारीसाधनलाई खानीखोलातर्फबाट सुरुङमार्ग हुँदै धुनिवेशी नगरपालिकाले समन्वय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र परेका २२ सय यात्रुलाई शनिबार र आइतबार सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाएको हो । तर, यात्रुवाहक सवारी भने पठाइएको छैन ।
अहिले बागमती प्रदेशभर भइरहेको उद्दार कार्यबारे बागमती प्रदेश सरकारको भनाई यस्तो छ । खोँच क्षेत्र भएको कारण झ्याप्ले खोला, सुरुङ मार्ग आसपास यात्रुको उद्दार तथा बाटो सफाइमा खटिएका प्रहरीहरु कसैको पनि मोबाइल सम्पर्क हुन सकेको छैन ।