News 24 Television
बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण

धुनिवेशी, जुगेडी । युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका अन्तर्गत पर्ने बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।

यो कार्यक्रम विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीहरूलाई पठनपाठनमा उत्साहित गर्न आयोजित गरिएको थियो । युनाइटेड सिमेन्ट लिमिटेडले स्थानीय समुदायसँगको सहकार्यलाई बलियो बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यस अवसरमा कम्पनीका महाप्रबन्धक हरि उप्रेतीले भने “हामी आफ्नो व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिन्छौं। यस प्रकारका सहयोगले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नेछ र शिक्षामा थप प्रगति गर्न प्रेरित गर्नेछ ।“

धनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले युनाइटेड सिमेन्ट लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै भने, ‘विद्यार्थीहरूको शैक्षिक प्रगतिको लागि यस्तो सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ र यसले विद्यार्थीहरूमा थप उत्साह र लगाव उत्पन्न गराउनेछ ।’ 

युनाइटेड सिमेन्ट लिमिटेडले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update