अपडेट : बाढी–पहिरोका कारण १०० भन्दा बढीको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा शुक्रवार र शनिवार परेको वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानमा परी १०० जना भन्दा बढीको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ। हालसम्म विभिन्न स्थानमा गरी बाढी, पहिरो र डुबानमा परेका ६७ जना बेपत्ता अवस्थामा छन् ।
गृहमन्त्रालयका अनुसार बाढी–पहिरोमा परी ललितपुरमा सबैभन्दा बढी धादिङमा २५ जनाकाे मृत्यु भएको छ । यस्तै, बढी २० जना, काठमाडौँमा १२ जना र काभ्रेमा १० जनाको मृत्यु भएको छ ।
उता मकवानपुरमा ७ जना, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।
उक्त बाढी पहिरोका कारण दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा एक १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय