काठमाडौं । विहीबारदेखि आइतबारसम्म नै अतिवर्षा हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
महाशाखाले ५६ जिल्लालाई रेड अलर्टमै राखेको थियो । मौसम पूवानुमान अनुसार नै शुक्रबार र शनिबार रातीकालिन यातायात सेवा सञ्चालनमै रोक लगाइएको थियो । राती चल्न नपाएपछि शनिबार सबेरै गन्तब्य तर्फ लागेका सवारी साधनहरु भने बीच बाटोमै अलपत्र परे ।
मौसम विभागको पूर्वानुमान अनुसार नै विहीबार रातीदेखि नै अविरल वर्षा भयो । विहीबार रातीदेखि देशैभर नै वर्षा हुँदा केही ठाउँमा अति वर्षा नै भयो ।
अति वर्षाका कारण ठूलो धनजनको क्षति भयो । । मौसम पूर्वानुमानको सूचना अनुसार नै सरकारले रात्रीकालिन सवारी सञ्चालनमा रोक नै लगायो ।
रात्रीकालिन सेवा रोक लगाइएकै कारण शनिवार विहानै गन्तत्यतर्फ लागेका सवारी साधनहरु भने गन्तब्यमा पुग्नै पाएनन् । देशैभर बाढीपहिरोले ठाउँठाउँमा पक्कीपुल, सडक बगाउनुका साथै दर्जनौं ठाउँको पहिरोले सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परे ।
देशभरका २२ बढी मार्गका ६३ भन्दा बढी स्थानमा पहिरो गयो । पहिरोले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै सडकहरु अवरुद्ध भएका छन् ।
तीन दिनको अविरल वर्षापछि आएको बाढीपहिरोमा परि के कति सडकमा क्षति र अवरोध पुगेका छन् त ?
- पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगायो ।
- अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज पनि बगायो । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध ।
-बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगायो ।
- बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगायो ।
- त्रिभुवन राजपथको सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग अवरुद्ध ।
- धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध ।
- कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी लगायत विभन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध ।
=राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध ।
- सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध ।
- पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुङ्गाको भडारे तथा भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध ।
- नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार, लगायतका क्षेत्रमा पहिरोले सडक अवरुद्ध ।
- मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध ।
- माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित ।
- मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडक पनि अवरूद्ध ।
- सहिद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड पहिरोले अवरूद्ध ।
- तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटो अवरूद्ध ।
- रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध ।
- कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध ।
पुलपुलेसाहरु भत्किएका बाहेक ठाउँमा पहिरो पन्छाएर छिटो भन्दा छिटो सडक अवरुद्ध खुलाउने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
सडक अवरुद्ध भई यात्रुहरु अलपत्र पर्नुका साथै अत्यावश्यक सवारी साधनहरु पनि बीच बाटोमै रोकिएपछि नागढुंगा–नौविसे सुरुङमार्गबाट नै पहिलो पटक सवारी साधन सञ्चालनमा ल्याएको थियो ।