काठमाडौं । नेपालमा सुरक्षित गर्भपनलाई कानुनले नै खुल्ला गरेको छ । तर अहिले पनि यो विषयमा जानकारी हुने महिलाको सख्ंया न्यून छ ।
गर्भपन गराएका कुल महिलाहरु मध्ये ४८ प्रतिशत महिला सुरक्षित गर्भपतन सेवा कहाँ उपलब्ध हुन्छ भन्नेमा जानकार देखिदैनन् ।
नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको दुई दशक भइसक्यो । तर अहिले पनि ५२ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउँदै आइरहेका छन् ।
नेपालमा प्रत्येक वर्ष करिब साढे दश लाख महिला गर्भवती हुने गरेका छन् । गर्भवती हुने यो संख्यामा आधाभन्दा बढिको अनिश्चित हुने र त्यसमा पनि ६४ प्रतिशतको गर्भपतन हुने गरेको छ । जसमा ५८ प्रतिशत असुरक्षित गर्भपतन हुने गरेको सरकारी तथ्यांक छ ।
नेपालमा गर्भपनको अवस्था :
- आर्थिक वर्षमा न २०८०\०८१ मा १ लाख २ हजार ३ सय ५७
- आर्थिक वर्ष २०७९\२०८० मा ९३ हजार ४ सय ३६
- ७२ प्रतिशतले औषधी विधिबाट गर्भपतन गराउने
- गर्भपतन बढी गराउनेको संख्या बागमती प्रदेशमा बढि
- गत आर्थिक वर्ष गर्भपतन सेवा लिएका मध्ये २० वर्ष मुनिका किशोरीको संख्या ६ प्रतिशत
- ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरूलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा जानकारी
- एक जना महिलाले सात पटकसम्म गर्भपतन गराउँने गरेको
नेपालको कानुनले लिङ्ग पहिचान गरी गर्भपनमा बन्देज गरेको छ । तर अनिश्चित गर्भाधारण भएको अवस्थामा महिलाको मजुरीमा १२ हप्ता सम्मको गर्भपनलाई मान्यता दिएको छ ।
साथै जबरजस्ती करणी तथा हाडनाता करणीमा १८ हप्ता सम्मको सुरक्षित गर्भपन गर्नपाइने कानुनी प्रावधान छ । तर यो विषयमा जानकारी नहुदाँ जोखिमपूर्ण असुरक्षित गर्भपतन गराउँनेको सख्या अहिले पनि बढी नै देखिन्छ ।
नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत असुरक्षित गर्भपतनको कारण हुने सरकारी तथ्यांक छ । साथै कम उमेरमा पटक–पटक गर्भपतन गराउँनेको संख्या समेत बढेकाले महिलाहरुमा बाँझोपनाको समस्या समेत बढ्दै गएको छ ।
नेपालको कानुनले आफ्नो शरीर माथि आफ्नै अधिकार हुनुपर्छ भन्ने मान्यतालाई आधारमा राखी २२ वर्ष अघि २०५९ सालमा गर्भपतनले कानुनी मान्यता दिएको हो । तर असुरक्षित गर्भपन कै कारण ५ प्रतिशत महिलाले अकालमा ज्यान गुमाउने गरेका छन् भने धेरैमा जटिल किशिमका स्वास्थ्य समस्या समेत देखिने गरेको छ ।