News 24 Television
इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई दुसित थानीमा आकर्षक छुट

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ । 
    
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र दुसित थानी हिमालयन रिसोट, धुलिखेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% सम्म छुट दिने भएको छ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट  एप    (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।    

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छः
https://www.nimb.com.np/personal-banking/offers

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update