अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्ने अवसर पाएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका ओली बाइडेनले विश्वभरका पाहुनाका लागि आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका हुन् ।
समारोहका क्रममा ओलीले बाइडेनसँग तस्वीर खिचाएका छन् । साथमा ओली पत्नी (प्रथम महिला) राधिका शाक्य र राष्ट्रपति वाइडेन पत्नी (फस्र्ट लेडी) डा. जिल वाइडेन पनि सहभागी थिए ।
यसबीचमा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग साइड वार्ता पनि गरेका छन् । उनले राष्ट्रसंघको ७९ औँ महासभालाई पनि सम्बोधन पनि गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय