News 24 Television
किसानका लागि सुविधा नै सुविधा, कृषि क्रान्तिको यस्तो बाटो !

रुपन्देही । धान, गहुँलगायत अन्य खेती कटानका लागि रुपन्देहीका किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याएका छन् । टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याइएको हो । 

कृषि क्षेत्रमा भईरहको यान्त्रिकरण पछ्याइरहेका रुपन्देहीका किसानले जमिनको भू–बनोटअनुसार साँगुरो गहरा र हिलोखेतमा समेत सहजै बाली कटान गर्न सकिने र लागत पनि कम पर्ने भएपछि ट्रयाकबेसमा आधारित हार्वेष्टर भित्र्याएका हुन् । 

रुपन्देहीका किसान कृषि क्षेत्रमा आधुनिक उपकरणहरु प्रयोगको अग्रपंक्तिमा नै छन् । नेपालमा सम्भव वा उपलब्ध भएसम्मका उपकरण यहाँका किसानमा प्रयोगमा ल्याउने  कोसिस गरिरहेका हुन्छन् । 

यही शिलशिला चलिरहँदा अहिले यहाँका किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याएका छन् । धान, गहुँलगायतका बाली कटानका लागि टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याइएको हो । 

रुपन्देहीको मायादेवी गाउँपालिका–४, गुण्डीमा रहेको सिद्धार्थ एग्रोभेट सेन्टरका संचालक किसान लाला लोधले रुपन्देहीमै पहिलोपटक टायरबेसको विकल्पमा ट्रयाक बेसमा आधारित कम्बाइन हार्वेष्टर भित्र्याएका हुन् । 

अहिले प्रयोगमा आइरहेको टायरबेस सरह क्षमता, सानो, सस्तो, तेल कम खाने र भू–बनोटअनुसार स–साना खेतका गहराहरुमा समेत प्रयोग गर्न मिल्ने भएपछि लोधले ट्रयाक बेसमा आधारित हार्वेस्टर भित्र्याएका हुन् । 

नेपालको भौगोलोक बनोट अनुसार पनि ट्रयाकबेसको हार्वेस्टर राम्रो मानिने कृषि प्राविधिकहरु बताउँछन् । लोधले करिब ४० लाख रुपैयाँ लगानी गरेर हार्वेस्टर खरिद गरेका हुन् । ट्रयाक बेसको खरिदपछि लोधले प्रयोगमा ल्याइरहेका टायरबेसमा आधारित दुईवटा हार्वेस्टर विस्थापित गर्ने योजना समेत बनाएका छन् ।

चीनमा बनेको ट्रयाक बेसमा आधारित हार्वेस्टर मुक्तिनाथ बैंक लिमिटेडको प्रमुख लगानी रहेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालमा भित्र्याएको हो । सातै प्रदेशमा कार्यालय खोलेर अहिले उक्त कम्पनीले किसानलाई ट्रयाकबेसमा आधारित हार्वेस्टर प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । 

करिब ८ लिटर डिजेलमा प्रतिघण्टा डेढ विघा खेतको धान, गहुँ कटान गर्न सक्ने क्षमता यो हार्वेस्टरको छ । यस्तै, अगाडिको हेडर फेरेमा मकै बाली भित्र्याउन पनि सकिन्छ । लुम्बिनी प्रदेशमा बाँके, बर्दिया पनि रुपन्देहीमा प्रयोगमा ल्याइएको हो । कृषि विज्ञहरुका अनुसार यो हार्वेस्टर प्रयोगले उत्पादन लागत निकै सस्तो पर्न जान्छ । टायरबेसमा भन्दा प्रतिघण्टा किसानको करिब एक हजार रुपैयाँ बचत हुन्छ ।

पछिल्ला वर्षहरुमा रुपन्देहीका किसानहरुले हाते ट्क्याटर, मकै छोडाउने मेसिन, गहुँ छर्ने मेसिन, धान, गहुँ काट्ने कम्बाइन हार्भेष्टर, धान, गहुँ, तोरी, मसुरो चुट्ने थ्रेसर मेसिन, धान, गहुँ काट्ने रिपर मेसिन लगायतको प्रयोग गरिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update