News 24 Television
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक उक्त तथ्यांकअनुसार मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको देखिन्छ । 

यस अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ भने विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले रहेको जनाइएको छ । 

यस्तै चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । तर आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको देखिन्छ । शोधनान्तर स्थिति भने रु. ४० अर्ब ९० करोडले बचतमा रहेको छ ।

उक्त अवधिमा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब ५८ करोड अमेरिकी डलर रहेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०.७ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुस् पूर्णपाठ

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update