News 24 Television
नेपालको अर्बौं रुपैयाँ विदेशमा, विद्यार्थीको के छ अवस्था ?

काठमाडौं । पछिल्लो समय काममा लागि मात्र नभएर अध्ययनका लागि समेत विदेश जानेकोे लर्कोे छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने धेरै शैक्षिक संस्थाहरु मुलुकमै भए पनि विदेश जाने लहडनै चलेको छ । यतिसम्म कि उनीहरु ऋण नै लिएर समेत अध्ययनका लागि विदेश जान्छन् । 

स्वदेशमा आफुले चाहेको जस्तो विषय पढ्न नपाएको तथा शिक्षाका लागि उपयुक्तवातावरण नभएको भन्दै पछिल्लो समय विद्यार्थीहरु विदेशीने क्रम बढ्दो छ । 

नेपाली विद्यार्थीलाई नेपालको शिक्षा तथा शैक्षिक संस्थाको विश्वास नलागेका कारण पछिल्लो समय विदेशीने गरेको टिप्पणी पनि भइरहेका छन् । विद्यार्थीहरु विदेशिने क्रम बढेसँगै वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने क्रम बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार,

विदेश जान विद्यार्थीले लिएको ऋणको अवस्था 

-    आर्थिक वर्ष ०८०\८१ मा  रु. ५४ अर्ब ९६ करोड ३७ लाख

-  आर्थिक वर्ष ०७९\८० मा रु. ५५ अर्ब ८६ करोड तीन लाख 

-  आर्थिक वर्ष ०७८\७९ मा रु. ३१ अर्ब ४१ करोड ४७ लाख


पढाईका लागि विदेशियको रकमको अवस्था 

-   पछिल्लो एक वर्षको अवधिमा बाहिरिएको  रकम रु. १ खर्ब २५ अर्ब १३ करोड 

-  अघिल्लो वर्ष ०७९\८० मा बाहिरिएको रकम रु. १ खर्ब ४२ करोड 

-  ०७८\७९ मा बाहिरिएको रकम रु. ६७ अर्ब ७० करोड १६ लाख 

-   ०७७\७८ मा बाहिरिएको रकम रु. २४ अर्ब ९५ करोड ९४ लाख 

-   ०७६\७७ मा बाहिरिएको रकम रु. २५ अर्ब ८१ करोड ३२ लाख 

नेपालमा शिक्षाको गुणस्तरतालाई बढाउँने हो भने विद्यार्थीलाई स्वदेशमा नै रोक्न सकिने कतिपयको तर्क छ । साथै नेपालमा कम मूल्यमा गुणस्तर पठनपाठन गराउँने शैक्षिक संस्था भए पनि कतिपय विद्यार्थी यहाँ बुझ्दै नबुझी बिदेश जाने प्रवृतिका कारण आर्थिक भार खेप्ने गरेका छन् ।

मुलुकको शिक्षा प्रति अविश्वास बढेकै कारण पढ्नका लागि भनेर लाखौ विद्यार्थी मुलकबाट  बाहिरीने गरेका छन् । तर नेपालमा चिकित्सा शिक्षाका कै लागि भनेर अमेरिका, श्रीलंका, भारत जस्ता मुलकबाट पढ्ने विदेशी विद्यार्थी भित्रने गरेका छन् । 

साथै चिकित्सा शिक्षाका लागि भनेर विदेशी विद्यार्थीको लागि नै विशेष कोटा समेत चिकित्सा शिक्षामा छुट्याइने गरेको छ । तर,स्वदेशको शिक्षाको गुणस्तर खस्केको भन्दै विदेशमा पढ्न जान विद्यार्थी लालाहित छन् । हुनत, त पछिल्लो समय मुलुकको शिक्षाको गुणस्तर खस्केको कुरालाई भने नर्कान सकिदैन । 

राजनितिक अथिरता, बढ्दो निराशा, शक्षक तथा शैक्षिक संस्थामा समेत राजनीति मौलाएका कारण शिक्षाको गुणस्तर घटेको धेरैको बुझाई  छ । तर, स्वदेशको शिक्षालाई सुधार तथा गुणस्तरतामा ध्यान दिनुको विकल्प छैन । यसतर्फ सकारको विशेष ध्यान जानै पर्छ । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update