News 24 Television
गायक घमेश दुलालको ‘खर्च दशैँ’लाई बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायक घमेश दुलाल र गायिका शारदा रसाइलीद्वारा स्वरबद्ध ‘खर्च दशैँ’लाई बोलको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

कुनै समय लोक क्षेत्रमा एकछत्र राज गरेका गायक दुलालले आफ्नै युट्युब च्यानलमार्फत उक्त दशैँ गीत सार्वजनिक गरेका हुन् । गीतको सृजना साजन पराजुलीले गरेका छन् भने संगीत सुफिक्स मदनको रहेको छ । 

(भिडियो)

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update