News 24 Television
स्याउ किसानको उत्साह र पीडाः सरकार खोज्दै कृषक

काठमाडौं । कर्णालीका विभिन्न जिल्लामा स्याउ खेति फस्टाउदै गको छ । बजारीकरणको समस्याका कारण किसानहरु मारमा पर्न थालेकोदेखि स्याउको व्यवस्थापन चुनौति बनिरहँदा मुगुमा स्याउ किसानले भने खेर जाने खालका स्याउबाट समेत आम्दानी गर्ने बाटो अपनाउन थालेका छन् । 

नेपालका स्याउको आयात विभिन्न देशबाट हुने गर्छ । तर, नेपालमै उत्पादन हुने स्याउको बजारीकरणदेखि व्यवस्थापनमा चुनौति हुँदा स्याउ गाइवस्तुलाई कुँडो बनाएर दिनेदेखि खेर जाने समस्या तीब्र छ । 

चिस्यान केन्द्रको अभावदेखि बजारमा सहज पहुँच स्थापना गर्न नसक्दा स्याउ किसानहरु मर्कामा पर्न थालेका छन् । कर्णालीको जुम्लाका स्याउ किसानहरु स्याउ बिक्री नभएर विखलन्दमा परेको भन्दै प्रतिनिधिसभा सद्स्य ज्ञानबहादुर शाहीले सबैको ध्याणाकर्षण नै गराएका थिए । 

जुम्लामा स्याउ किसानले समस्या भोगेको विषय राष्ट्रियस्तरमा चर्चा चलेपनि मुगुको स्थिति भने फरक छ । स्याउको बजारीकरणदेखि मूल्य निर्धारणमा समस्या देखिएपछि किसानहरुले त्यसको प्रशोधनदेखि खेर जाने स्याउको उपयोगमा नयाँ उपाय अपनाएर आम्दानी गर्न थालेका छन् । 

उसोतः यसका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले खेर जाने स्याउ लगाएत अन्य फलफुलहरुको सदुपयोगका लागि पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधन तालिम दिएको छ । किसानले यसरी तालिम पाएपछि खेर जाने स्याउबाट विभिन्न उत्पादन बनाउन जोड दिन थालेका छन् ।

मुगुमा उत्पादित स्याउको ग्रेडिङदेखि बाटोको पहुँच विस्तारपछि ब्यापारी बगैचडासम्मै पुग्ने गरेको बताइन्छ । उसोतः ए देखि डी ग्रेडसम्मका बर्गिकरणमा पर्ने स्याउमा सी र डी ग्रेडका स्याउलाई किसानले जाम, जुस, सेली, साइटर र चाना बनाएर बजारीकरण गर्ने गरिएको छ । 

खेर जाने स्याउलाई प्रशोधन गरेर उत्पादनमा परिणत गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण पतरोयजनाले तालिमको व्यवस्था गरेको छ । जुन किसानका लागि उपयोगी साबित भएको छ । 

मुगुमा जस्तै कर्णालीका विभिन्न जिल्लामा पछिल्लो समय स्याउ खेति फस्टाउदै गएको छ । स्याउका विरुवा विभिन्न देशबाट ल्याएर किसानहरुले स्याउ खेति गर्न थालेपनि नेपालले स्याउमा आत्मनिर्भर बनाउने गरी स्याउ किसानलाई प्रोत्साहन दिन भने दिन सकेको देखिन्न । 

जुम्लाका स्याउ अझैपनि बजारीकरणको समस्यामा परेको विषय सार्वजनिक भइरहेको छ । उसोतः काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना गरिने भएको छ । ठमेलको होटल मनाङको सहकार्य र  किसान भेन्चरको आयोजनामा तीन दिनसम्म मेला आयोजना हुने बताइएको छ । यसले पनि नेपाली स्याउको प्रचारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update