काठमाडाैँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको आतिथ्यमा भएको सञ्चयकोष कर्मचारी संगठनको दोस्रो केन्द्रीय महाधिवेशनले प्रकाश बस्नेतको अध्यक्षतामा संगठनको पुनर्गठन गरेको छ ।
अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा उत्तम घिमिरे, उपाध्यक्षद्वयमा टीकालाल श्रेष्ठ र रुक्मणी ठकुरी, महासचिवमा कृष्णगोपाल सुवेदी, सचिवद्वयमा नवीनसिंह रावल र रामचन्द्र घिमिरे, कोषाध्यक्षमा नगेन्द्र पुलामी मगर र सहकोषाध्यक्षमा रामवृक्ष साह कानु निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमितिका सदस्यहरूमा क्रमशः बाबुराम गन्धर्भ, सरस्वती परियार, विश्वराज भण्डारी, ईश्वरी पराजुली, किरण ज्ञवाली, पारसमणि भण्डारी, जितबहादुर राउत, मीना बस्नेत, छोवाङ हिस्से तामाङ, रंजितकुमार हाथी, अजिता खतिवडा, सुशीला भट्टराई, जनकराज उपाध्याय, केदार गिरी, राजकुमार शाही तथा मीरा पुरी निर्वाचित भएका छन् ।
अधिवेशनले केन्द्रीय सभाको सभापति र उपसभापतिमा क्रमशः श्यामलाल श्रेष्ठ र तुलसी अधिकारीलाई चयन गरेको छ ।
संगठनको दोस्रो महाधिवेशन असोज ४ गते र ५ गते कर्मचारी सञ्चयकोषको भवन ठमेलमा भएको थियो ।