काठमाडौं । स्टार कराँते खेलाडी एरिका गुरुङ बीसौं एशियाली सिनियर कराँते च्यापियनसिपमा श्वर्ण पदकबाट चुकेकी छन् । फाइनलमा भियतनामकी नओन थि नुयेनसँग पराजित भई उनले रजत पदक हात पारेकी छन् ।
यता, माल्दिभ्सको मालेमा भएको महिला भलिवल च्याम्पियनसिपमा नेपाल पुलिस क्लव अपराजित रहँदै उपाधि जितेको छ । पारा ओलम्पिकमा पलेशा गोबद्र्धनले ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । यी उपाधि नेपालको खेल क्षेत्रमा महिला खेलाडीहरुको बर्चश्व बढ्दै गएको छ ।
२० औं एशियाली सिनियर कराते च्याम्पिन्सिपमा नेपालकी कराँते स्टार खेलाडी एरिका गुरुङले रजत पदक हात पारेकी छन् । महिला ६८ केजीमाथि कराँतेतर्फ उनले रजत पदक हात पारेकी हुन् ।
सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० को रहज जित हात पार्दै श्वर्ण पदक यात्रामा अघि बढेकी एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित भइन् ।
नओनसँग पराजित हुँदा एरिकाले श्वर्ण पदक हात पार्नबाट चुकिन् । उनी फाइनलमा भियतनामकी नाओनसँग ६–० ले पराजित भएकी हुन् ।
एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले हराउँदै क्वाटर फाइनलमा पुगेकी थिइन् भने क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा पराजित गरेकी थिइन् ।
सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई पराजित गर्दै यसअघि नै रजत पदक सुनिश्चित गरिसकेकी एरिकाले श्वर्ण पदक हात पार्ने अपेक्षा गरिएको थियो ।
१९औं एशियाली खेलकूदमा पनि एरिकाले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । व्यक्तिगततर्फ एसियन गेम्समा रजत जित्ने दोस्रो नेपाली खेलाडी बनेकी एरिका एसियाडमा भने करातेको रजत पदक जित्ने पहिलो खेलाडी बनिन् ।
अपराजित रहँदै पुलिसलाई उपाधि
माल्दिभ्सको मालेमा आयोजित काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपालको विभागीय टिम नेपाली पुलिस क्लव अपराजित रहँदै उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको हो ।
फाइनलमा पुलिसले हुमोलायपर्् ३–० को सोझो सेटले पराजित गर्यो । प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाएको पुलिसले प्रारम्भिक चरणमा हुमोलाई यहि सेटमा पराजित गरेको थियो ।
यसअघि पारा ओलम्पिक गेम्समा नेपालकी पलेशा गोबद्र्धन श्रेष्ठले ऐतिहासिक कास्य पदक हात पार्दै इतिहास रचेकी थिइन् । सन् २०२४ को एशिया छनोटमा श्वर्ण पदक जित्दै पेरिस पारालिम्पिक्समा छनोट भएकी पलेशाले महिलातर्फको ५७ केजी तौल समूहमा कास्य जित्ने क्रममा सर्वियाकी खेलाडी मरिजा मिसेवलाई पराजित गरेकी थिइन् ।
ओलम्पिक्सको ५७ वर्ष र पारालिम्पिक्सको १० वर्षदेखिको खेलमा नेपालले पलेशाले पहिलो पटक पदक दिलाएकी थिइन् ।
पछिल्लो समय नेपालको खेललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महिला खेलाडीहरुको भूमिका प्रशंनीय बन्दै गएको छ ।