News 24 Television
स्टयाग ग्लोबल च्याम्पियन्स लिग सिजन– २ सोमबारदेखि हुने

काठमाडौँ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत  स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा यही असोज ०७ देखि सोमबारदेखि १२ गतेसम्म “स्टयाग ग्लोबल च्याम्पियन्स लिग– सिजन २” हुने भएको छ ।  

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरमा स्टयाग गोल्बल प्रा.लि., इंडिया रहेको छ । जसले प्रतियोगितालाई आवश्यकता पर्ने टेबल टेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट, आदि सम्पूर्ण  सामग्रीहरु प्रदान गर्नेछ । सह–प्रायोजकमा समाजसेवी तथा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष श्री सुमन खड्गी  र मेटल सेपर रहेको छ जसले प्रतियोगिताको कुल अनुमानित बजेटको २०% रकम (तीन लाख एकान्नब्बे हजार रुपैंया)  प्रदान गर्नेछ । साथै मेटल सेपरले प्रतियोगिताको रनिङ्ग ट्रफी समेत प्रदान गर्नेछ । 

प्रतियोगिताको हस्पिटालिटि पार्टनरमा नेपाली घर होटल, ठमेल रहेको छ जसले प्रतियोगितामा सहभागी सम्पूर्ण विदेशी खेलाडीहरुको खानपिन र बसोबासको व्यवस्थापन  गर्नेछ । ब्राोडकास्टिंग पार्टनरको रुपमा एक्सन स्पोर्टस एच डि ज्ञ र स्ट्रीम लीग रहेको छ भने इन्टरनेट पार्टनरको रुपमा  डिश होम रहेको छ ।  

६ दिन सम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा दुई विभागीय टोली (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) सहित ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब, यल टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, रेड टाइल्स र आयोजक  स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरि जम्मा ७ टिमलेसहभागीता जनाउने छन् । लिगमा सहभागी हुने आयोजक  एकेडेमीसहित नेपाल प्रहरी र यल टेबल टेनिसले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्धित गरेका छन् । 

_RD41815-1727003669.jpg

 
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५५ हजार रुपैंया रहेको आयोजकले जनाएको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद  रु. दुई लाख रुपैयाँ सहित रनिङ्ग ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले नगद रु. एक लाख  रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन्र तृतीय हुने (दुवै सेमी–फाइनलिष्ट) टिमले नगद रु. पचास हजार  रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । 


 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update