News 24 Television
कुमारी लामाको निबन्ध कृति ‘दर्ज्यु संलाप’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय नाचघर जमलमा निबन्धकार कुमारी लामाद्वारा लिखित ‘पुस्तक दज्र्यु’ संलाप सार्वजनिक गरिएको छ  । शनिबार प्रा.डा. अरुण गुप्तो, डा. विन्दु शर्मा, फूलमान बल, प्रकाशक पुष्पराज पौडेल र लेखक स्वयंले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

प्रा.डा. गुप्तोले आफूलाई किताबले धेरै विषयमा ज्ञान दिएको र किताबमा भएका विषयले आफूलाई अत्यन्त प्रभावित पारेको साथै स्थानीय परिवेश र चित्रणले उक्त स्थानमा नै पुगेर अवलोकन गर्न मन लागेको बताए । 

समीक्षक डा. शर्माले निबन्धमा भुँइमान्छे र नारीका विषयमा गहन विषय उठान भएको बताइन् । निबन्धमा आख्यानीकरण पनि रहेको सबै पाठकका लागि उपयोगी हुने उनको भनाइ थियो । 

कवि बलले निबन्धमा ठूला मान्छे र ठूलो विषय नभए पनि राम्रो र स्तरीय रहेको तथा जात र वर्णमा लोप हुन लागेको जातको विषयमा लेखेर महत्वपूर्ण योगदान दिन सफल भएको बताए ।

लेखक लामाले आपूmले निबन्धमा सक्दो प्रयास गरेको र सृजनात्मक सुझाव आफ्ना लागि सदैव स्वीकार्य हुने बताइन् । 

शिखा बुक्सद्वारा प्रकाशित दज्र्यु संलापको मूल्य रु ५२५÷– रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update