News 24 Television
शिक्षिकाको कुटाइबाट बालकको कानको जाली फुट्यो

वीरगन्ज (पर्सा) । वीरगञ्जको चर्चित गौतम माध्यामिक विधालयकी शिक्षिकाले कुट्दा कक्षा ६ मा अध्ययनरत एक विधार्थीको कानको जाली फुटेको घटना सार्वजनिक भएको छ ।

गत असोज २ गते कपीको पाना च्यातेको भन्दै अंग्रेजी विषय पढाउने शिक्षिका निधी गुप्ताले कक्षा ६ मा अध्यन्नरत अर्जुन राउत कुर्मीलाई गालामा ३ पटक थप्पड हिर्काउदा देब्रे कानको जाली फुटेको हो ।

वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा नयाँ टोल बस्ने रामबाबुका अनुसार बुधबार शिक्षकको कुटाइबाट घाइते भएका अर्जुनले घरमा आएर घटनाबारे जानकारी गराउँदा कानबाट रगत बगि रहेकोले त्यही दिन नेशनल मेडिकल कलेजमा उपचार गराउने क्रममा चिकित्सकले कानको जाली फुटेको बताएका थिए ।

त्यस पश्चात थप उपचारका लागि वीरगंजकै डाक्टर बिके झाको क्लिनिकमा चेकजाँच गराउँदा अर्जुनको कानको जाली फुटेको बताएको रामबाबुले जानकारी दिए । मेडिकल कलेजका चिकित्सकले कानको जाली नै फुटेको भनेपछि स्कुलले नमानेपछि स्कुलकै शिक्षक कर्मचारीहरुको रोहबरमा डा. बिके झासँग चेकजाच गराइएको थियो ।

मेडिकल कलेजमा लागेको उपचार खर्च विद्यालय व्यवस्थापनले नै तिरेको विद्यार्थीका बुवा रामबाबुको भनाई छ । छोरालाई पिट्ने शिक्षिकालाई कारबाही हुनुपर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गर्दै बुबा रामबाबुले अभिभावक संघ पर्सामा निवेदन दिएको र आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा पनि उजुरी दिने रामबाबुको भनाई छ ।

विद्यालय व्यवस्थापनले यो घटना बाहिर सार्वजनिक नगर्न दबाब दिएको पनि रामबाबुको भनाई छ । तर छोरालाई यसरी कुट्ने शिक्षिकालाई कानुन अनुसार कारबाही सहित छोराको कान पूणर् रुपमा निको नभएसम्म त्यसमा लाग्ने सबै उपचार खर्च स्कुलले व्यहोर्ने गरि अभिभावक संघको रोहबरमा लिखित कागज गरिदिन बुवा रामबाबुको माग छ ।

यता अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले स्कुललाई शिक्षा ऐन र नेपालको कानुन अनुसार कारबाहीको लागि संघले पनि आइतबार वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिने बताए ।

अन्य बेला टाउको दुख्दा अभिभावकलाई फोन गर्ने विधालयले छोरालाइृ त्यसतो हुँदा आफूलाई जानकारी समेत नगराएको उनको गुनासो छ । यस विषयमा अभिभावक संघसंग समन्वय गरेर जाँदा संघलाई विधालय प्रशासनले छिर्न नदिएको पिडितका विधार्थीका पिता रामबाबुले बताए ।

यस विषयमा विधालयका संचालक सोनाम लामा र सम्बन्धीत ठाउँमा सम्पर्क गर्दा कोही पनि सम्पर्कमा नआएन्न ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update