News 24 Television
हेम प्रभासको कवितासङ्ग्रह  'साँझमा सेल्फी' लोकार्पण

काठमाडाैँ ।  कवि, उपन्यासकार हेम प्रभासको कविता सङ्ग्रह 'साँझमा सेल्फी' लोकार्पण गरिएकाे छ । राष्ट्रिय नाचघर जमलमा कवि, मदन पुरस्कार विजेता डा. नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल, कवि हेम प्रभासबाट लोकार्पण गरिएकाे हाे । 

    कवि ठाकुर बेलवासे, कवि सोझो गाउँले, कवि रिमा केसी, राजनैतिक विशेषज्ञ शंकर तिवारीद्वारा कविता वाचनका साथै गायक सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा कवितामा गायन गरिएकाे थियाे । वरिष्ठ कलाकार सरोज खनालबाट कविता सङ्ग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरियाे । कवि श्रवण मुकारुङले कविता राम्रो रहेको र कविता कृतिबाट धेरै आशा गरेको बताए । 

    कवि डा. नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेमलाई कविता कृतिको सफलताको शुभकामना दिँदै सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने बताए ।

कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कवितामा साधनारत रहेको र उक्त साधनाबाट प्राप्त प्रतिफल नै 'साँझमा सेल्फी' रहेकाे बताए । विगत एक दशकमा लेखिएका बिल्कुलै नयाँ कविताको सङ्ग्रह रहेको उनले बताए ।

शिखा बुक्सबाट प्रकाशित पुस्तक मोटो गाता र पातलो गातामा उपलब्ध छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update