News 24 Television
न्युर्योकबाट ओलीलाई शान्ति प्रक्रिया टुंगोमा पु¥याएको सुनाउने अवसर 

काठमाडौं । संयुक्त राष्ट्र« संघिय महासभाको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेका छन् । 

ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फ सम्बोधन गर्दै छन् । ओलीले गर्ने सम्बोधन नेपालका लागि अवसरका रुपमा हुन सक्ने बताई रहदाँ सम्बोधनमा प्रधानमन्त्रीले के के कुरा उठाउने छन् भन्ने अहिले मुख्य चासोको बिषय बनेको छ । 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गरेका छन् । उनले महासभासंगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राखेको समिट अफ द फ्युचरमा नेपालका तर्फबाट सम्बोधन गर्दै छन् । 

संसारका एक सय ९३ देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख र प्रतिनिधिको सभागिता हुने उक्त कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधनलाई नेपाली अन्तराष्ट्रि«य नीतिका रुपमा लिइन्छ । त्यसैले प्रधानमन्त्रीले सम्बोधन गर्दा नेपालले अंगिकार गरेका असंलग्न परराष्ट्र नीतिदेखि विश्वका विभिन्न राष्ट्रहरुमा देखिएको तनावको स्थितिमा नेपाल शान्तिका पक्षमा छ भन्ने प्रस्तुत गर्नु पर्नेदेखि जलवायु परिवर्तनका मुद्धा उठाउनेछन् । 

यसका साथै नेपालले शान्ति प्रक्रिया टुङ्गोमा पु¥याएको विषयमा पनि प्रधानमन्त्रीको सम्बोधन हुनेछ । नेपालले असंलग्न परराष्ट्र नीति अंङ्गिकार गरेको भएपनि बेलाबेलामा नेपालको असलंग्न परराष्ट्र नीति बरालिने गरेको छ । 

यस्तो हुँदा अन्तराष्ट्रिय समुदाय भ्रमित बन्ने गरेका कुटनीतिक क्षेत्रका विज्ञहरु बताउँछन् । यस्तो भ्रमलाई हटाउने गरी प्रधानमन्त्रीको सम्बोधन आउनु पर्ने तीन पटक संयुक्त राष्ट्र संघमा नेपालको प्रतिनित्व गरी सकेका पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे बताउँछन् ।  

महासभामा धेरै मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुख र प्रतिनिधि आउने भएकाले उनीहरुसँग साइडलाइन वार्ता समेत गर्ने अवसर प्रधानमन्त्री ओलीलाई हुनेछ ।

यसले नेपालको अतराष्ट्रिय स्तरमा कुटनीति सम्बन्ध विस्तार गर्न धेरै नै सहयोग भएकाले महासभामा हुने साइडलाइन वार्तालाई निकै महत्वपूर्ण मानिन्छ । तर नेपालले भने त्यस्तो अवसरको सदुपयोग कसरी गर्न भन्ने बिषयमा योजना बनाउन नसक्दा हरेक पटक चुकिरहेको जानकारवालाहरुको भनाई छ ।  

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि नेपालले खटाएको सुरक्षाकर्मी र उनीहरुको योगदानका बारेमा महासभामा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर नेपाललाई छ । 

त्यसबाहेक यसपटक माओवादी शसस्त्र द्वन्द्व सकिसकेपछि पनि समाधान हुन नसकेको शान्ती प्रक्रिया टुंगोमा पु¥याएको सन्देश समेत विश्वलाई सुनाउने अवसर यसपटक प्रधानमन्त्री ओलीलाई छ । यसकारण पनि अघिल्लो महासभाहरुमा भइरहेको सम्बोधन भन्दा यसपटकको नेपालको सम्बोध केही विशेष हुने अपेक्षा गर्न सकिन्छ । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update