काठमाडौं । कुनै पनि व्यक्तिले कुनै कुरा बिर्सनुलाई समान्य मानिन्छ । तर, यसरी विर्सने समस्या सामान्य मात्र नभएर कुनै रोगको लक्षण पनि हुन सक्छ । विशेष गरि ज्येष्ठनागरिकमा विर्सने समस्यालाई सामान्य रुपमा लिने गरिन्छ । तर, ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या सामान्य नहुन पनि सक्छ । यो डिमेन्सिया जस्तो गम्भीर रोगको लक्षण पनि हुन्छ सक्छ । कसरी पहिचान गर्ने त समस्यालाई ?
मानिसको उमेर बढ्दै जाँदा मष्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुदैं जानु सामान्य प्रक्रिया हो । तर यो समस्या उमेरको तुलनामा बढि देखिएको अवस्थामा भने सचेत बन्नु पर्ने हुन्छ ।
यो डिमेन्सियाको लक्षण पनि हुन सक्दछ । यो रोग लागेपछि सम्झने, आफन्त नचिन्ने जस्ता समस्या देखिने गर्दछ । यो रोग विशेष गरी ६५ वर्ष उमेरपछि मात्र लाग्छ र जति उमेर वढ्दै गयो डिमेन्सिया पनि बढ्दै जाने गर्दछ ।
चिकित्सकहरुका अनुसार प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ भने ९० देखि ९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुने गर्दछ । सुरुमा सामान्य रुपमा देखिएको बिर्सने समस्या पछि भने झन् बढ्दै जाने गर्दछ ।
पछिल्लो समय विश्वमा नै डिमेन्सियाको समस्या बढ्दो छ । हरेक ३ सेकेण्डमा डिमेन्सियाका बिरामी थपिने विभिन्न अध्ययनहरुले देखाएकोछ ।
नेपालमा यो समस्या ५ देखि १० प्रतिशत जेष्ठ नागरिकमा यो समस्या देखिने गरेको छ । चिकित्सकहरुका अनुसार डिमेन्सियाका बिरामीमा देखिने सबै लक्षण एकैचोटि देखिँदैन । यसको सुरुको अवस्थामा कतिपयले अनौठो ब्यवहार गर्ने, भाषामा समस्या, शब्दमा समस्या हुने गर्दछ ।
डिमेन्सिया हुने कारक तत्वहरुमा भिटामिन बी १२ को कर्मी, थाइराइड, कोलिस्टोरको मात्रा बढि, सुनाईमा कमी, दृष्टिमा कमी, प्रेसर, सुगर मानिएको छ । यस्ता समस्या भएका व्यतिmलाई उमेर बढ्दै गए पछि डिमेन्सिया हुने जोखिम बढि हुने गर्दछ ।
यसको पहिचन र उपचार समयमा गर्न सकिएमा भने यस्तो समस्यालाई निको बनाउँन सकिन्छ । तर अहिले पनि डिमेन्सिया तथा अल्जाइमरको उपचार छैन भन्ने गलत बुझाईका कारण समस्या बढ्ने गरेको चिकित्सकको अनुभव छ ।
डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन यो मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो । मस्तिष्कमा रोग नलागेका ९० वा १ सय वर्षका वृद्धवृद्धामा पनि डिमेन्सियाका लक्षणहरु देखिँदैनन् ।
उमेर ढल्कीदै जादाँ जेष्ठनागरिकमा विर्सने समस्या धेरैलाई हुन सक्छ । जसका कारण यस्ता समस्यालाई धेरैले सामान्य रुपमा लिने गरेको पाइन्छ । तर सबै जेष्ठनागरिकमा विर्सने बानी सामान्य नहुन पनि सक्छ । डिमेन्सियाका विभिन्न प्रकारका छन अल्जाइमर, फ्रन्टो–टेम्पोरल डिमेन्सिया, भास्कुलर डिमेन्सिया, पार्किनसन डिमेन्सिया लगायतका रहेका छन् ।
तर यी मध्यनै सबै भन्दा बढि देखिनेमा अल्जाइमर रहेको छ । तर डिमेन्सिलाई समयमा पहिचान र उपचार गरेको अवस्थामा भने ४५ प्रतिशतसम्म डिमेन्सियालाई कम गर्न सकिन्छ । तर यसको लागि प्रसेर, सुगर, थाइराईडलाई कन्ट्रोल गर्ने, तनाव व्यवस्थापन गर्ने, योग गर्ने, चुरोड तथा रक्सीको सेवन नगर्ने जस्ता कुरामा ध्यान दिने हो भने यस्तो समस्याबाट जोगिन भने सकिन्छ ।