News 24 Television
सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । सहकारीको बचत रकम हिनमिनाबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । 

करिब साढे तीन महिना लामो अनुसन्धान सकेर गत भदौ ३१ गते प्रतिनिधि सभामा पेश गरिएको उक्त प्रतिवेदन शुक्रबार प्रतिनिधि सभाकै वेबसाइटमा सार्वजनिक गरिएको हो ।

नेकपा एमालेका सांसद सूर्य थापाको सभापतित्वमा गठित काँग्रेस, माओवादी, रास्वपा लगायत प्रमुख दलका प्रतिनिधि सम्मिलित समितिले उक्त प्रतिवेदन तयार गरेको थियो । संसद सचिवालयले सरकारलाई पठाएको उक्त प्रतिवेदन कार्यान्वयनमा लैजानेबारे असोज २ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रतिवेदनले विभिन्न सहकारी र तिनमा संलग्न व्यक्तिहरुबारे अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ:

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update