News 24 Television
ड्रागन खेतीले ७० वर्षिया तामाङ चर्चामा, घरमै मनग्य आम्दानी

दोलखा । कुनै सफलताको कार्यका लागि उमेरले सीमा राख्दैन भन्ने गतिलो उदाहरण बनेका छन, दोलखाका ७० वर्षिय कृषक मानबहादुर तामाङ । 

दोलखामा पहिलो पटक ड्रागन खेतीको सुरुवात गर्ने उनको अहिले चर्चा मात्रै होइन, आकर्षक आम्दानी पनि छ । यि हुन् मानबहादुर तामाङ । उमेर ७० वर्ष । तर, उनी ७० वर्षको उमेरमा पनि सक्रिय कृषि कर्ममा छन् । काममा व्यस्त मात्रै होइन उनले त राष्ट्रिय स्तरमै चर्चा पाइरहेका छन् ।

दोलखाको बैतेश्वोर गाउपालिका ६ का तामाङले लगाएको ड्रागन फ्रुटको चर्चा दोलखामा मात्रै होइन मुलुकभर हुने गरेको छ । निर्माण व्यवसाय छोडेर उनले तीन वर्ष अघि यो खेती सुरु गरेका हुन । 

सिउडिको एक प्रजाती मानिने ड्रागन फ्रुट महङ्गो र स्वास्थ्य लाभदायक फल मानिन्छ । विभिन्न प्रजाती मध्य रातो र सेतो जातको ड्रागन लगाएका छन । यो फल लगाएको दोस्रो बर्षमा नै राम्रो फल्न थाले पछि दोस्रो बर्ष पुनः १००० किलो बिरुवा बिस्तार गरेका छन । उनले हालसम्म ५० लाख लगानी गरिसकेका छन् । 

यस वर्ष  १५ लाखसम्मको आम्दानी हुने बताउँछन् । उनले फल मात्रै हैन बिरुवा पनि तयार गर्ने गरेका छन । आफु सङ्ग युवाहरूले केहि सिकुन र  रोजगारका लागी विदेशिनु नपर्ने सन्देश दिन्छन् 

ड्रागन फल उष्ण क्षेत्रमा उत्तम मानिन्छ, समुन्द्री सतह देखी १५०० मिटरसम्मको उचाइमा यो फल हुने गर्द्छ । यसको लागि प्रशस्त घाम लाग्ने ठाउँ उपयुक्त हुन्छ, बलौटे सुख्खा माटोमा यो खेती सजिलै गर्न सकिने छ, असारदेखि फूल फूल्दै फल्न सुरु गर्ने र फल दिने क्रम असोज सम्म रहन्छ ।

नाम्दुमा सडक कै छेउमा रहेको मानबहादुर तामाङको यो खेति पनि रातो माटोमा नै गरिएको छ । रोप्ने बेलामा केहि झन्झटिलो भए पनि पछी गएर अरु फल जस्तो स्याहार  गरि राख्नु पर्दैन । एक पोल बराबर  १५ हजार लगानी हुन्छ । उनको यस ड्रागन फ्रुट ले स्थानीय पर्यटकको मन पनि आकर्षित गरेको छ । 

यहाँ घुम्न आउनेको पनि ताती नै लाग्ने गरेको छ ।  यहाँ उत्पादित ड्रागन फल ४०० रुपैया प्रति केजीसम्म स्थानीय बजारमा नै  बिक्री हुने गरेको छ  । दोलखाको मैनापोखरी बजार, तामाकोशी, चरिकोटमा यसको धरै माग छ । 

दोलखाको एक मात्र ड्रागन खेती उदाहरणीय त बनेको छ त  अरु कसैले गर्ने हिम्मत भने गर्न सकेका छैनन । यस्ता व्यवसायीक खेतिलाई सरकारी तवरबाट प्रोत्साहन गरि अनुदान रकम छुट्टाएमा उच्च मुल्य र स्वास्थ्यलाई पनि लाभदायक यस्ता व्यवसायिक खेतिबाट युवा शक्ति स्वदेशमै आकर्षित हुन सहयोग पुग्थ्यो कि ? 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update