News 24 Television
हुन सकेनन् ओली–बालेन एकैठाउँ, ओली छल्न बालेन भारतमा !

काठमाडौं । सँदाको वर्ष झैँ यो वर्षपनि काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा समारोह आयोजना गरियो । मंगलबार इन्द्रजात्राको अवसरमा मुलुकका अति विशिष्ट व्यक्तित्वहरु वसन्तपुर पुगेका थिए । 

इनद्रजात्राको आयोजना काठमाडौं महानगरपालिकाले गर्ने गर्दछ । यस अवसरमा पाल्ने विशिष्ट पाहुनाहरुलाई महानगर प्रमुखले स्वागत गर्ने परम्परा छ । तर यसवर्ष भने विशिष्ट व्यक्तिहरुलाई महानगरकी उपप्रमुख सुनिता डंगोलले स्वागत गरिन् । 

जात्रामा सहभागी हुन यसपटक पनि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव तथा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए । तर यस समारोहमा जात्राका आयोजक महानगरपालिका प्रमुख बालेन शाह भने अनुपस्थित रहे । 

विशिष्ट व्यतिहरुलाई नै आमन्त्रण गरिने इन्द्रजात्रामा महानगर प्रमुखको अनुपस्थितिको विषय यतिबेला चर्चामा छ ।  

 
खासगरी पछिल्लो समय एमाले र महानरप्रमुख बालेनबीच वाक युद्ध चलिरहेको छ । मेयरमा निर्वाचित भएयता देखि नै एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनबीच ट्युन मिलिरहेको छैन  । एमालेमाथि मेयर बालेनले भ्रष्टाचार र बेइमानीको आरोप लगाउने गरेका छन् । त्यस्तै एमालेले पनि बालेन चरित्रलाई मन पराउने गरेको छैन । 

यसरी नै वाकयुद्ध चलिरहँदा अनुपसस्थित रहेका बालेनमाथि जात्रा छल्न भारत गएको आरोप लागिरहेको छ । पछिल्लो समय बालेनले एमाले प्रदेश सांसद रेखा शर्मामाथि बाल शोषणको आरोप लगाउँदै कारवाहीको माग गरिरहेका छन् । तर यसकाविरुद्ध एमाले पङ्ति नै बालेनसँग भिड्ने चेष्टा गरिरहेको छ । 

जात्रामा किन अनुपस्थित रहे बालेन ?

मेयर बालेन यतिबेला भारतको बैंगलुरुमा छन् । एकसाता अघि भारत गएका बालेन इन्द्रजात्राको दिन काठमाडौं आइपुग्ने कार्यतालिका थियो । तर बालेन पूर्वनिर्धारित समयमा जात्रामा आइपुगेनन् । 

बालेन आफूले अध्ययन गरेको विश्वविद्यालयका पूर्वविद्यार्थीको भेलामा सहभागी हुन भारको बैंगलुरु गएको बताइएको छ । तर कतिपयले भने उनको भारत भ्रमणलाई प्रधानमन्त्री ओलीको स्वागत गर्ने कार्यक्रम छल्ने मेलो भन्दै टिप्पणी गरिरहेका छन् । मेयर बालेनले बैंगलुरुकै एक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए । 

बालेनको भारत भ्रमणलाई विभिन्न कोणबाट टिप्प्णी गरिएपनि यसको खास तथ्य भने बाहिर आइसकेको छैन । यद्यपि प्रधानमन्त्री सँगै चरम टसल चलिरहेका बेला महानगरले नै आयोजना गरेको जात्रामा बालेन अनुपस्थित रहनु भने रहस्याको विषय बनेको छ । 

बालेन समर्थक प्रहरी नियन्त्रणमा 

  मंगलबार इन्द्रजात्रामा सहमागी हुन केही युवाहरु बालेन शाहको तस्बीर अंकित टि–शर्ट लगाएर वसन्तपुर पुगेका थिए । तर प्रहरीले बालेन शाहको फोटो छापिएको टि–शर्ट लगाएर जात्रामा पुग्ने युवाहरुलाई नियन्त्रणमा लिएको थियो । 

    दुई वर्ष यताका इन्द्रजात्रामा राष्ट्रपति तथा प्रधानमन्त्री उपस्थित हुँदा बालेन शाहको समर्थनमा चर्को नारा लागेको थियो । जसका कारण कार्यक्रम सामान्य प्रभावित हुने गरेका थिए । मंगलबार पनि भीआइपीहरुमाथि सुरक्षा थ्रेट हुने भन्दै प्रहरीले बालेन शाहका १४ समर्थकलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका युवाहरुलाई प्रहरीले अपरान्ह ५ बजेमात्रै रिहा गरेको थियो । यसपछि बालेन समर्थकहरुकै सुरक्षा थ्रेटका कारण असोज ३ गते दरबारमार्गमा आयोजना हुने नेशनल डे कन्सर्टमा प्रधानमन्त्री ओली सहमागी नहुने चर्चा भयो । तर प्रधानमन्त्रीको सचिवालयले भने ओली उक्त कन्सर्टमा सहमागी हुने जानकारी दिइसकेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update