News 24 Television
चीनले खोल्यो विश्व वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ ।

तिनमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला रहेका छन् ।

चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सीएईए) का उपाध्यक्ष लिउ जिङले अन्तर्राष्ट्रिय सम्मेलनको छेउमा भएको बैठकमा जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update