News 24 Television
राजनीतिको गोलचक्रमा विश्वविद्यालय, समाधान के ?

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन (एएफयु)मा भदौ १३ गतेदेखि बन्द छ । विद्यार्थी संगठनबीच झड्प भएयता पठनपाठन ठप्प हुनुका साथै आरोप प्रत्यारोप चलिरहेको छ । 

एकातर्फ प्रहरीले अनुसन्धान गरिरहेको छ भने अर्कोतर्फ नयाँ भर्नाको लागि प्रवेश परीक्षा नै जन्योलमा फसेको छ । विश्वविद्यालय हुने राजनीति त्यसम पनि विमति हुने गरेकाले विश्वविद्यालय बन्धक भएको शिक्षाका जानकारहरूको तर्क छ ।

दुई ठूला दल मिलेर सरकार चलाइरहेको भएपनि एमाले निकट अनेरास्ववियु र कांग्रेस नेविसंघले गरिरहेको विवादको समाधान कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुन सकेको छैन । 

संसदमा पटक–पटक सांसदहरूले सरकारको ध्यानाकर्षण गराएपनि त्यसको ठोस निचोड निस्किएको छैन । प्रहरीले अनुसन्धान गरिरहेका बेला अनेरास्ववियुले उपचार गराइरहेका नेविसंघका घाइते विद्यार्थीहरुलाई नै दोषी देखाउँदै सरकारी वकिलको कार्यालयमार्फत सोमबार मात्र अर्काे उजुरी दर्ता गराएको छ । 

यसले आरोप–प्रत्यारोपको क्रमलाई थप लम्बाउने देखिन्छ । तर, दुबै संगठनका विश्वविद्यालय कमिटीले भने प्राध्यापक र डीनलाई प्रमुख दोषी मानेका छन् । 

राजनीतिक दलले विश्वविद्यालयमा राजनीतिको अन्त्यको घोषाण गर्ने तर व्यवहारमा लागू नगरेको परिणामका एएफयुको घटनालाई शिक्षाविद्हरूले चित्रण गरेका छन् । साथै भातृसंगठनले विश्वविद्यालयलाई टुक्रा बनाएको बुझाइ जानकारहरूको छ । 

शिक्षा क्षेत्रमा समेत राजनीतिक प्रभावले विश्वविद्यालयहरु शैक्षिक गतिविधिको विषयले भन्दा राजनीतिक भाडभैडोले चर्चामा आउन थालेका छन् । 

विश्वविद्यालयहरु राजनीति गर्ने थलोका रुपमा प्रयोगमा आउँदा यसको प्रत्यक्ष प्रभाव विश्वविद्यालय तथा यहाँको शैक्षिक स्थितरमा पर्न थालेको ज्वलन्त उदाहणका चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई लिन सकिन्छ । 

यस विश्वविद्यालयमा नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनबीचको लडाइँका कारण विश्वविद्यालयको पठनपाठन ठप्प हुनुका साथै प्रवेश परिक्षा समेत प्रभावीत बनेको छ ।

विश्वविद्यालय शिक्षा आर्जन गर्ने स्थान भए पनि विश्वविद्यालयलाई राजनीति गर्ने थालो बनाइदा शैक्षिक संस्था अस्तव्यस्त बनेको छ नै । साथै यसको प्रभाव सिङ्गो शिक्षा क्षेत्रमा समेत पर्न गएको छ । यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।


 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update