News 24 Television
बजार सुस्ताएपछि सरकारमाथि दबाब 

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालको नेतृत्वमा सरकार बन्दा पनि अर्थतन्त्र चलायमान बन्न सकेन ।     

आम सर्वसाधारण उपभोक्ताको क्रय शक्ति कमजोर बनेको अहिलेको अवस्थामा सरकारले बजारलाई नियन्त्रण गर्न सकेको छैन् । साना तथा मझौला उद्यमी ब्यवसायी झन बढी समस्यामा देखिएका छन् । 

अर्थतन्त्र चलायमान हुन नसक्दा बिशेष गरी साना तथा मर्झाैला एवं सामान्य ब्यापार ब्यवसाय गर्ने ब्यवसायी र्बैकको कालोसूचीमा पर्ने क्रम बढेको छ । 

सहकारी, र्बैक तथा बित्तीय संस्थाबाट कारोवार गरेका साना तथा मझौला बर्ग बैकको कर्जा तथा ब्याज बुझाउन नसक्दा कालोसूचीमा पर्ने क्रम बढेको छ । नेपाल राष्ट्र र्बैकले चालु आर्थिक बर्ष २०८१÷८२ मा र्माैद्रिक नीतिमा केही सहजताको ब्यवस्था गरेता पनि ब्यवहारमा साना तथा मझौला ब्यवसायीहरुले बैकको किस्ता तथा ब्याज नियमित रुपमा तिर्न सकेका छैेनन् । 

र्बैक तथा वित्तीय संस्थाहरुले ऋणीको वास्तविक अवस्था र उसको कारोवारलाई पहिचान गर्न नसक्दा सही ब्यवसायीहरु पनि र्बैकको कालोसूचीमा पर्ने क्रम बढेको हो । बैक तथा वित्तीय संस्थाहरुले ब्यवसायीलाई जथाभावी तरिकाले कालोसूचीमा राख्ने गुनासो ब्यवसायीहरुको छ । पछिल्लो पटक निर्माण ब्यवसायी, साना तथा मझौला उद्यमी ब्यवसायीहरु र्बैकको कालोसूचीमा पर्ने क्रम बढेको हो । 

त्यसैगरी बजारमा माग घट्दो अवस्था रहेको हुदाँ उद्योगधन्दा आधा मात्र संचालनमा रहेको गुनासो ब्यवसायीको छ । ठुला दल मिलेर सरकार बनाए लगत्तै शेयर बजारमा देखिएको बढोत्तरी पनि कायम रहन सकेन । शेयर बजारमा पछिल्लो पटक आएको गिरावटले शेयर बजारको अवस्थालाई आधार मान्न सकिने देखिएको छैन । शेयर बजारमा हुने चलखेल तथा उतार चढाव अर्थतन्त्र वास्तविक तस्विर ब्यक्त गर्न सकेको देखिदैन । 

शुरुमा शेयर बजारमा देखिएको सुधारले प्रधानमन्त्री केपी ओली तथा अर्थमन्त्री बिष्णु पौडेल निकै उत्साहित देखिए तर अहिले शेयर बजारमा आरालो क्रम देखिए पनि नेपाली शेयर बजार माथि पनि प्रश्न उठेको छ । 

बजारको स्थितीलाई सहज अनुमान गर्न सकिएको स्थिती छैन । राष्ट्र बैकले बजारबाट तरलता खिचेको स्थिती छ । तरलता संकुचित भएको अवस्थामा अर्थतन्त्र कसरी सुधार हुन्छ र लगानीकर्ताको मनोवल बढ्न सक्छ ? सरकारले निजी क्षेत्रको मनोवल बढाउने तर्फ कुनै पनि पहल गरेको देखिदैन । 

आम उपभोक्ताको क्रय शक्ति कमजोर रहेको अवस्थामा सरकारले उपभोक्ताको मनोवल बढाउने खालको काम गर्न सक्नु पर्छ ।

 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update