News 24 Television
राष्ट्रपति  र प्रधानमन्त्रीद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् । मंगलबार दिउँसो उनले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन समेत गरे ।

राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि इन्द्रजात्रा अवलाेकन गरे । साथै प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, प्रदेश सभा सदस्य र काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल पनि गद्दी बैठकसम्म गएर जात्रा अवलोकन गरे ।

विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्री लगायत  विशिष्ट व्यक्ति जुद्ध सालिकदेखि पैदल हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update