News 24 Television
वीरगन्जमा ओमोडा ई ५ डीएलएक्स र जेकू जे ६ गाडी लञ्च

वीरगन्ज । दरशी अटोमोबाइल्स प्रा.लिले वीरगन्जमा ओमोडा ई ५ डीएलएक्स र जेकू जे ६ लञ्च गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै वितरकले नेपालकै पहिलो विद्युतीय अफ–रोडर एसयूभी र ओमोडा इ ५ डीएलएक्सको एकै साथ लञ्च गरेको हो । 

ओमोडा र जेकूले स्थानीय बजारमा आफ्नो नवीनतम प्रविधिको विस्तार गर्दै महत्त्वपूर्ण कोसेढुंगा साबित हुने दरशी अटोमोबाइल्सले जनाएको छ । 

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जका युवा उद्यमीहरुले आकर्षक र नयाँ मोडलको गाडी लञ्च गरेकोमा खुशी व्यक्त गरे । पछिल्लो समय युवाहरु विदेशिने क्रम बढ्दै गएको अवस्थामा आफ्नै ठाउँमा बसेर उद्यम गर्ने र अरुलाई पनि रोजगारीको वातावरण सृजना गर्ने कार्य अनुकरणीय रहेको महानगर प्रमुख सिंहको भनाई थियो । 

jacoo--j-6-1726564346.jpeg
 

यस्तै, न्यूज २४ टेलिभिजनका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठले मुलुकमा विद्युतीय गाडीको उपयोग र माग बढीरहेको अवस्थामा अहिले आकर्षित र अत्याधुनिक विधुतिय गाडी ओमाडा र जेकोले राम्रो बजार लिनेमा विश्वास व्यक्त गरे । उनले रोजगारीका लागि युवाहरु विदेश पलायन हुँदै गएको भन्दै आर्थिक संकटलाई चिरेर रोजगारीको अवसर सृजना गरे युवाहरु विदेशिने रोक्नुपर्ने बताए ।

यस्तै, दरशी अटोमोबाइल्सका प्रा.लि.का अध्यक्ष मोहित कुमार अग्रवालले ओमोडा ई ५ र जेको जे६का लागि बजारबाट अत्यन्त उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त दाबी गरे । उनले आर्थिक नगरी वीरगञ्जमा अबको केही महिनाभित्र नवीनतम प्रविधि र नवप्रवर्तनको सेवा दिन एक नयाँ सोरुम खोल्ने जानकारी दिए ।

कार्यक्रममा सखुवा प्रसौनी गउँपालिकाका अध्यक्ष जसवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतान, एसपीजी अटोमोबाइल्स प्रा.लि.का वरिष्ठ प्रबन्धक अशिष दाहाल, डिलर इन्चार्ज सबिन पाण्डे, दरशी अटोमोबाइल्सका अध्यक्ष मोहित कुमार अग्रवाल, प्रबन्ध निर्देशकहरू ऋतिक चौधरी र हिमांशु चौधरी लगायतको उपस्थिति रहेको थियो ।

photo-1726564337.jpeg
 

ओमोडा ई ५ र जेकूको विषेशता 

ओमोडाको अत्याधुनिक विद्युतीय सवारी साधन र जेकूको अनौठो अफ–रोड अनुभव प्रस्तुत गर्दै एक अनौठो र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ । ओमोडा ई५ डीएलएक्सको प्रारम्भिक मूल्य रु. ५५.९९ लाख र ओमोडा ई५ एलयूएक्सको मूल्य रु. ६१.९९ लाख रहेको छ। यसमा ४३० किमी रेन्ज, १८० मिमीको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर रहेको छ। 

जेको जे६को प्रारम्भिक मूल्य रु. ६९.९९ लाख रहेको छ र चाडपर्व छुटमा थप रु. ३ लाख छुट दिइएको छ। यसले ४०० किमीको रेन्ज (ध्ीत्ए), १३५ किलोवाट मोटर पावर, १८४ पीएस हर्सपावर र २२० एनएम टर्क प्रदान गर्छ । जेकू ज े६मा लिथियम आइरन फस्फेट ब्याट्री, छवटा एयरब्याग, प्यानोरामिक सनरुफ, १५.६ इन्चको केन्द्रीय कन्ट्रोल प्रणाली, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र अगाडि र पछाडि डुअल मोटरको सुविधा छ ।
 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update