News 24 Television
प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य

काठमाडाैँ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमवार(आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए । सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो(आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएपछि सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

यससँगै राष्ट्रिय सभाको चालु अधिवेशन पनि आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आजको बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update