News 24 Television
संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै, सहकारी छानबिनको प्रतिवेदन पनि बुझाइँदै

काठमाडाैँ । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउे कार्यसूची पनि छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची समेत रहेकाे छ ।

यस्तै प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० पेश गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने, विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

त्यस्तै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्ने कार्यक्रम छ । प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने र अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतका लागि प्रश्तुत गर्ने कार्यसूची समेत रहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update