News 24 Television
युवा उद्यमशीलता, नेविसंघ र राजनीतिक परिवर्तन

नेपालको लामो राजनीतिक परिप्रेक्ष्यमा, युवा र विद्यार्थी संगठनहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। तर, धेरै राजनीतिक संघर्षहरु माउ पार्टीले सृजना गरेका र तत्कालीन समय अनुकुल मुद्दाहरु केन्द्रित थिए । तर अहिलेको समयमा युवा विद्यार्थीहरु र संगठनहरूले युवाहरूलाई उद्यमशीलता र नवीनताको क्षेत्रमा कसरी काम गर्न प्रेरित गर्न सक्छन् ? भन्ने मुद्दामा ध्यानसंगै नेपाली कांग्रेसको भातृ संगठन, नेविसंघ, विशेष गरी युवाहरूको ऊर्जा र सृजनात्मकतामा केन्द्रित हुनुपर्ने आवश्यकता महत्त्वपूर्ण छ । 

उद्यमशीलताको महत्त्व

उद्यमशीलता केवल व्यावसायिक चासो र धनको विषय मात्र नभई यो समस्या समाधान गर्ने क्षमताको विकास गर्ने प्रक्रिया समेत हो । जुन नेपाली युवा विद्यार्थीहरूका लागि अत्यन्त आवश्यक छ। 

नेपालमा नयाँ औधोगिक इनोभेशन गर्दै युवाहरूले समाजका विभिन्न चासोहरूमा समाधान ल्याउन सक्छन्, जसमा नेविसंघले अग्रणी नेतृत्व लिन जरुरत छ ।

पुरानो राजनीतिक पदचापको मुक्तिका उपाय

नेविसंघ जस्तो ठूलो विद्यार्थी संगठनले पुरानो राजनीतिक संस्कृतिबाट मुक्त हुनका लागि केही महत्वपूर्ण कदम उठाउन सक्छ र पर्दछ, जस्तो, शिक्षा र तालिमस् युवा र विद्यार्थीहरूको नेतृत्वको विकासको लागि विशेष तालिम र कार्यशाला आयोजना गर्नु पर्छ। यसले उनीहरूको राजनीतिसंगै सामाजिक विचारधारामा परिवर्तन ल्याउन मद्दत गर्दछ।

सञ्जाल र सम्बन्ध

विद्यार्थीहरूको बीचमा सञ्जाल संगै बिभिन्न सेमिनार गोष्ठी स्थापना गरेर बैचारीक बहस क्यालेन्डर वाईज गर्दा नयाँ  विचार र विभिन्न पहिचानहरूको आदानप्रदान र समस्याहरुको पहिचान हुन सक्छ यसले प्रतिस्पर्धात्मक  प्रवृत्तिलाई प्रोत्साहित गर्दछ र पाटी र संगठन भित्रको लोकतन्त्र अंझ सुदृढ र मजबुत हुन्छ । 

समुदाय संगठित गर्नु स्थानीय स्तरमा युवा र विद्यार्थीहरूलाई संगठनमा आवद्ध गराउँदै राजनीतिक चेत संगै अन्य सामुदायिक गतिविधिहरुमा जोडेर राजनीतिक सचेतता दिलाउने प्रयासले उनीहरूको आवश्यकता र चेतनालाई मुखरीत  बनाउनेछ। 

यसले उनीहरूलाई राजनीतिक क्षेत्रमा आफ्ना विचारहरू प्रस्तुत गर्ने अवसर दिनेछ र आवश्यकता र अनुभवको आधारमा संगठनमा ब्यप्त पुरानो राजनीतिक लिगेसी बिस्तारै किनारा लाग्नेछ ।

नयाँ निर्वाचन प्रणाली र सोच

बदलिँदो समयमा, नेविसंघ र अन्य विद्यार्थी संगठनहरूले नयाँ र नवीन सोचका साथ अघि बढ्नुपर्छ। 

नयाँ विचार, विचारधारा र दृष्टिकोणको आवश्यक्ता महसूस गर्नाले पुरातन राजनीतिक सोचबाट टाढा जान सजिलो हुन्छ र यो नेविसंघका लागि आजको प्रमुख आवश्यकता हो ।

सार्वजनिक चासो र सक्रियता

युवाहरूमा सामाजिक चासो र सक्रियताको भावना विकसित गर्न महत्त्वपूर्ण छ। समस्त विद्यार्थी संगठनको प्रयासले युवाहरूलाई चासोद्वारा प्रेरित गराउन सक्छ जसले गर्दा उनीहरूले परिवर्तनको लागि आवाज उठाउन सक्नेछन्।

निष्कर्ष

नेविसंघले उद्यमशीलता र नवीनताको महत्वलाई बुझ्न र यसलाई विद्यार्थीहरूको नेतृत्वमा समावेश गर्न सके तिनीहरूले पुरानो राजनीतिक संस्कृतिबाट मुक्त हुँदै नयाँ विचार र ऊर्जाको साथ अगाडि बढ्न सक्छन्।

यसरी विद्यार्थीहरूको नेतृत्वले नेपालको भविष्यमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। परिवर्तनको यो यात्रा सरल छैन । तर त्यसको लागि दृढ संकल्प र एकता आवश्यक छ। 

युवासँग सामूहिक रूपमा काम गर्न र सकारात्मक परिवर्तनको तत्परता भएमा नेपालमा पूर्ण रूपमा नयाँ राजनीतिक परिप्रेक्ष्यको सिर्जना गर्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update