News 24 Television
मोदी चिढिदाँ महासभाको ‘साइडलाइन’ भेटवार्ता नै भाँडिने संकेत !

काठमाडौं । कुटनीतिक रुपमा सरकारले सहि कदम चाल्न नसक्दा भारत चिढिन पुगेको छ । नेपाल भारतका विज्ञहरुको समूहले तयार पारेको इपीजी प्रतिवेदन र प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्तिका कारण भारत थप क्रुद्ध बनिरहेको छ । 

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साइडलाइन भेटवार्ता नगर्ने सम्भावना बलियो बनिरहेको छ । 

नेपाल–भारत सम्बन्ध खराव स्थितिमा पुगेको छ । भारत सीमा समस्यादेखि इपीजी प्रतिवेदन र नेपालका नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिले भारत थप क्रुद्ध बनिरहेको छ । 

कुनैबेलाट नेपाललाई अघोषित नाकाबन्दी नै लगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुनैबेला नेपालका लागि प्रिय पात्र जस्तै थिए । तर, तीनै मोदी पछिल्लो समय आफूलाई नेपालमा गलत ढंगले पेश गर्न थालिएको भन्दै नेपालसँग क्रुद्ध छन् । यस्तोमा प्रधानमन्त्री केपी ओलीले दिने असन्तुलित अभिव्यक्तिले पनि भारत थप क्रुद्ध छ । इपीजी प्रतिवेदन बुझ्न भारतले नमानिरहेको प्रष्ट सन्देश दिदै ओलीले पछिल्लो समय मोदीप्रति कटाक्ष नै गरेका थिए । 

ओलीले जस्तै नेपालमा इपीजी प्रतिवेदन भारतले बुझ्नुपर्ने आवाज भने बलियो ढंगले उठ्ने गरेको छ । कानूनविद् विपिन अधिकारीले पनि भारतले इपीजी प्रतिवेदन बुझ्नुपर्नेमा जोड दिएका थिए । 

सरकारदेखि विज्ञहरुले समेत इजीपी प्रतिवेदनलाई सार्वजनिक खपतको विषय बनाउदै लगेको देखिन्छ । नेपालले कुटनीतिक ढंगले अघि बढाउनुपर्ने विषय कमजोर कुटनीतिक धरातलमा उभिएर बार्गेनिङ गर्ने गर्नाले यो विषय गिजोलिएको मात्रै देखिन्न, भारतीय संस्थापन पक्ष चिढिदै गएको छ । 

परराष्ट्रमन्त्रीको हैसियतमा भारत पुगेकी आरजु राणा देउवालाई भारतले दिएको महत्वबाटै प्रधानमन्त्री ओलीलाई भारतले सन्देश भने पठाइसकेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुले दिल्लीमा माहोल बिग्रिने देखेरै इपीजीको विषय नउठाएको बताइसकेकी छन् । 

अमेरिकामा साइडलाइन भेटवार्ताको सम्भावना न्यून

दुई देशका शीर्ष नेताहरुबीच एकखाले शितयुद्धकै स्थिति छ । बाहिर देखाउन औपचारिकता निभाउनेबाहेकका गतिविधि हुन सकेका छैनन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भनिएको साइडलाइन भेटवार्ताको तीब्र प्रयास गरिएपनि सम्भव नहुने स्थिति बनेको बताइन्छ । 

महासंघको महासभामा भारतीय प्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीको विगतमा प्राय साइडलाइन वार्ता हुने गथ्र्यो । तर यो पटक यो सम्भावना करिब–करिब टरिसकेको छ । ओली र मोदीको साइडलाइन वार्ताका लागि परराष्ट्रमन्त्री आरजु नै सक्रिय बनेपनि मोदीले कुनै जवाफ पेश नगरेको बताइन्छ । 

नेपालकोतर्फबाट हुने भनिएको साइडलाइन वार्ता पछिल्लो समय ओलीले दिने गरेका अभिव्यक्ति कै कारण रोकिन पुगेको परराष्ट्र विज्ञहरुले बताउने गरेका छन् । कुटनीतिक तहबाट समाधान खोज्नुपर्नेमा राष्ट्रवादी छवी निर्माण गर्ने दाउमा जथाभावी गर्दा स्थिति बिग्रिदै गएको बताइन्छ । तर नेपाली पक्षले भने मोदीले एकरात मात्रै अमेरिकामा समय विताउने भएकाले प्रयास सफल हुन्न कि भनेर फेस सेभिङ गर्ने गरी तर्क दिइरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update