News 24 Television
आजको मौसम : कतै भारी वर्षा, कतै आंशिक बदली रहने

काठमाडाैँ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  कोशी प्रदेशको केही, वागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भाग तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update