News 24 Television
मोडल यूनाइटेड नेसन ‘५.०’ शुरु, अन्तर्राष्ट्रिय सम्बन्ध प्राथमिकतामा

काठमाडौं । विद्यार्थीहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वभाइचारा सम्बन्ध विकास गर्ने उद्देश्यले  ललिपुरको हिमालयन इन्जिनियरिङ् कलेजमा मोडल यूनाइटेड नेसन ‘५.०’ शुरु भएको छ । 

‘५.०’ ले संयुक्त राष्ट्र सङ्घका ६ वटा समिति र संघीय संसदका विभिन्न शीर्षकका एजेन्डामा छलफल, अन्तरक्रिया गरि अन्तिम निष्कर्षसहितको डकुमेन्ट तयार गर्नेछन् । यसले राजनीतिसँगै कूटनीतिक क्षेत्रमा विद्यार्थीहरूलाई सशक्त बनाउने उद्देश्य राखिएको छ ।  
 
नेपाल मोडल यूनाइटेड नेसन ‘५.०’ मा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तानलगायत दश र विभिन्न जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको छ । एमयूनमा सहभागीहरूलाई ‘डेलिगेट्स’ र मेन्टरलाई ‘डायस’ भनिन्छ । 

डेलिगेट्सहरूले संयुक्त राष्ट्र सङ्घका ६ वटा समितिहरू र नेपालको संघीय संसदका विभिन्न शीर्षकका एजेन्डामा छलफल, अन्तरक्रिया गरी अन्तिम निष्कर्ष निकाल्ने छन् भने ‘डायस’ले सहजिकरण गर्नुका साथै समिति र एजेन्डाका बारेका सहजीकरण गर्नेछ । 

एमयूनले विद्यार्थीहरूलाई यूनको भूमिका बुझन सहज हुनेसँगै राजनीतिक र कूटनीतिक क्षेत्रमा युवाहरू सशक्त बन्ने आयोजकको दाबी छ । पाठ्यपुस्त पढ्दा सैद्धान्तिक ज्ञानमात्रै पाउने, तर एमयूनले व्यावहारिक ज्ञान सिकाउने सहभागीको भनाई छ । सहभागी विद्यार्थी जो ‘डेलिगेट्स’का रुपमा रहन्छन् उनीहरूले रिसर्च गर्ने भएकाले सोच्ने प्रक्रियामा पनि सुधार हुने ‘डायस’को अनुभव छ । 

यस्ता क्रियाकलापहरूले बोलाइ सिपको विकास हुनुका साथै नेतृत्व सिपको समेत विकास हुनेछ ।

एमयूनका डेलिगेट्सहरूले गहिरो अनुसन्धानसँगै आफ्नो सहज क्षेत्रबाट बाहिर निस्कन आवश्यक छ । जसका लागि प्रतिनिधिहरूले मिहेनत गरेका छन् । यस्ता कार्यक्रमले युवा पलायनमा पनि कमि ल्याउन सक्ने उनीहरूको बुझाई छ । पाठ्यपुस्तबाट व्यावहारिक बन्न उनीहरूले सुझाएका छन् । 

मोडेल युनाइटेड नेसन जस्तो अन्तराष्ट्रिय स्तरको कार्यक्रमले विद्यार्थीहरुलाई आगामी दिनहरुमा नेतृत्व विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने देखिन्छ भने  विद्यार्थीमा भएको क्षमता प्रस्फुटन हुने अवसर पाउँछ । 

पाठ्यपुस्तक र पाठ्यक्रमहरू भन्दामाथि उठेर विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघसभाले सम्बोधन गर्ने सवालहरुमा विद्यार्थीहरूबीच अन्तरक्रिया गराई कुटनीतिक क्षेत्रमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यको प्रत्यक्ष सहभागिता र लगानीको पनि आवश्यकता देखिन्छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update