News 24 Television
व्यवसाय गर्न नौला सम्भावना, यस्ता छन् तारिफयोग्य कम्पनी !

काठमाडौं । कोरोनाको समयमा केही व्यक्ति व्यवसायबाट पलायन भए, भने केहीले त्यो समयलाई अवसरको रुपमा सदुपयोग गरे । 

नेपालमा व्यवसायीमा निरुत्साह व्याप्त भएको अहिलेको परिवेशमा ट्रस्ट फुटवेयर कम्पनी प्रा.लि आशा र सम्भावनाको उदाहरण बनेको छ । 

टोखा नगरपालिका–३ काठमाडौंमा रहेको ट्रस्ट फुटवेयरले दुई वर्षदेखि बजारमा उत्पादन गर्नुका साथै बजारमा पनि उत्कृष्ट व्यापार गरिरहेको  छ । आकर्षक डिजाइन तथा गुणस्तरीय जुत्ताको उत्पादन गरिरहेको प्रा.लिको दाबी छ । 

ट्रस्ट फुटवेयरले करिब ४५ जनालाई रोजगारी दिएको छ । जसमध्ये अधिंकाश महिला छन् । आफूले व्यापार वा व्यवसाय मात्रै गर्ने भन्दा पनि रोजगारी सिर्जन गर्ने उद्देश्य लिएको सञ्चालक सुरज कार्की बताउँछन् । व्यवसाय शुरु गर्न उनले घर बैंकमा धितो राखेका छन् । 

नेपालमा नै केही गनुपर्छ भन्ने सोच रहेको उनमा भविष्यमा फुटवेयर क्षेत्रमा सकारात्मक परिर्वतन आउँछ भन्नेमा ढुक्क छन् । हुनतः आर्थिक मन्दीले व्यापार सुस्ताएको भएपनि उत्पादनको कामलाई भने निरन्तर राखेका छन् । तर, भन्सारमा लगाइएको अन्त शुल्क, न्यून बजारीकरण र जुत्ता चप्पलको चोरी पैठारी नेपाली जुत्ता चप्पलमा देखिएको मुख्य समस्या समाधान गर्न उनले सुझाएका छन् । यसलाई न्यूनिकरण गर्न सकिए मुल्ुक स्वदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बन्न धेरै समय कुर्न नपर्ने उनको बुझाई छ । 

स्वदेशी जुत्ताले ठूलो मात्रामा रोजगारीको सृजना गरि धेरैको रोजीरोटीको व्यवस्थापन गरिरहेको र  जुत्ता चप्पलका लागि ठूलो रकम बाहिरिनबाट समेत मद्दत पु¥याईरहेको कार्कीको बुझाई छ । 

त्यक्ति मात्र होइन नेपाली जुत्ताले वर्षेनी ठूलो मात्रामा विदेशी मुद्रा समेत भित्र्याइरहेका छन् । यस्तोमा उद्योगीका समस्या समाधानमा तत्काल हातेमालो गरि फस्टाउँदै गरेको नेपाली जुत्ता चप्पल उद्योगलाई सहयोग गर्न सरकार कटिबध हुनैपर्छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update