News 24 Television
अर्थतन्त्र सुधारमा खुलेआम बदमासी, के भन्छन् विज्ञ ?

काठमाडौं । विश्व अर्थतन्त्र नै दबाबमा देखिएको यस समय नेपालको अर्थतन्त्र क्षेत्रको अवस्था पनि कमजोर छ । लगानीको वातावरण अभावले अर्थतन्त्रको विकासमा अवरोध सृजना गरिरहेको विश्लेषण दिनहुँ भइरहेका हुन्छन् । तर, के नेपालमा अर्थतन्त्र सुधारका आधार नभएकै हुन् ? कुन क्षेत्रको के समस्याले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ त ? 

विश्वमै विभिन्न घटना परिघटनाको प्रभावले विश्वअर्थतन्त्र नै दबाबमा रहेको यस समय नेपालको अर्थतन्त्रको अवस्था सुधारका आधारहरुको खोजी गर्न थालिएको छ । अर्थतन्त्रका जानकारहरुले दिनहुँ अर्थतन्त्र सुधारका आधार र अहिलेको अवस्थाबारे बहस गरिरहेका छन् । 

नेपालको अर्थतन्त्र कुन–कुन क्षेत्रबाट कसरी प्रभावित छ ?

राजनीतिक अस्थिरता 

नीतिगत अस्पष्टता 

सुशासनको कमजोर अवस्था 

यि र यस्ता कमजोरीका कारण नेपालको अर्थतन्त्रमा सुधार आउन नसकेको विज्ञहरुले औल्याउँदै आएका छन् । नेपालमा सही र सहज नीति भए अर्थतन्त्रमा लगानी स्वत आर्कषित हुन सक्ने भनाई अर्थ जानकारहरुको छ । 

अर्थतन्त्रका जानकारहरुले समस्या र समाधानका उपाय औल्यारहँदा सरकारले विकास निर्माणको बजेट नै प¥याप्त खर्च गर्न सकिरहेको छैन । तरपनि, सरकार खास योजना र कार्यान्वयनको बाटोतर्फ देखिदैन । यद्दपी, प्रधानमन्त्रीले व्यवसायीलाई केही उत्साहतर्फ आश्वस्त पार्न खोजीरहेको देखिन्छ । 

नेपालको विकास निर्माणको अवस्थाप्रति विदेशी दातृ निकाय एशियाली विकास बैक तथा अन्तर्राष्ट्रिय स्तरका अर्थविदहरुले बारम्बार प्रश्न उठाउने गरेका छन् । विकास आयोजनामा  भष्टाचार र वेथिति मौलाएको अवस्था छ । नेपालको अर्थतन्त्रमा पछिल्लो पटक माग सिर्जना हुन सकेको अवस्था छैन् । 

अर्थतन्त्रमा माग बढ्न नसक्दा उधोगधन्दामा धक्का परिरहेको छ । त्यसैले समग्र सुधारका लागि अब सरकार गम्भिर हुनै पर्छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update