News 24 Television
बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ३ को मृत्यु

बाग्लुङ । बागलुङको गलकोटमा जनप्रतिनिधि सवार सरकारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शुक्रबार मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने गलकोट– २ भुङखानीमा सरकारी नम्बर प्लेटको  रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो ।

उक्त गाडीमा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा र कर्मचारी सवार रहेको बताइएको छ । दुर्घटनामा उपाध्यक्ष बुढाको मृत्यु पुष्टि भएको छ । अन्य २ मृतक र एक घाइतेको पहिचान हुन बाँकी छ ।

457834734_867119885034141_6715434232467640198_n-1726207090.jpg
स्थानीय प्रहरी चौकीका अनुसार शुक्रबार बिहान पौने ९ बजेतिर उक्त पिक अप गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । मृतकमध्ये २ जना महिला र एक पुरुष रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update