News 24 Television
कान्छी थाई प्रधानमन्त्रीले प्रस्तुत गरिन् आर्थिक संकट समाधान गर्ने योजना

काठमाडाैँ । थाइल्याण्डका नयाँ प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले संसदमा आफ्नो सरकारको नीतिगत प्राथमिकता जानकारी गराएकी छन् । आफ्नो योजना उच्च घरपरिवार ऋण घटाउने र आर्थिक वृद्धि गर्नेमा केन्द्रित रहेको उनले बताइन् ।

थाई सरकारले एक व्यापक ऋण पुनर्संरचना, विशेष गरी घर र अटो लोनमा जोड दिने योजना बनाएको प्रधानमन्त्रीकाे भनाइ छ । थाइल्याण्डमा हाल घरेलु ऋण १६ ट्रिलियन भाट (लगभग ४७४ बिलियन अमेरिकी डलर) नाघेको र निष्क्रिय कर्जा बढ्दै गएको छ ।

शुक्रवार समापन हुने भनिएको दुईदिने संसदीय अधिवेशनले पातोङटार्नको प्रशासनको औपचारिक शुरुवात गरेको छ । फेउ थाई पार्टीकी नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पातोङटार्न अगस्टमा संसदीय मतदानमा विजयी भएपछि थाइल्याण्डको प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । उनी थाइल्यान्डकाे इतिहासमा कान्छी र दोस्रो महिला प्रधानमन्त्री हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update