News 24 Television
स्वास्थ्य बीमा बढाउने योजनामा स्वास्थ्यमन्त्री, स्रोत सुनिश्चित गर्न गाह्रो 

काठमाडौं । स्वास्थ्य उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले ८ वर्ष अघि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । तर, बीमा सञ्चालन भने उद्देश्य अनुरुप अहिलेसम्म पनि हुन सकेको छैन । 

अहिले पुनः बीमाको उद्देश्य प्राप्तितर्फ स्वास्थ्य मन्त्रालयले चासो देखाएको  छ । तर, स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत प्रदान हुँदै आएको रकमलाई बढाएर पाँच लाख रुपैयाँ पु¥याउने योजनामा भने स्रोत साधनको सुनिश्चताको समस्या देखिएको छ । 

आधारभुत स्वास्थ्यमा सबै नागरिकको पहुँच होस र ठुला जोखिमयुक्त रोगको उपचारमा राज्यले जिम्मा लेओस भन्ने उद्देश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको   हो । 

आजभन्दा ८ वर्ष पहिलेदेखि सञ्चालित बीमा कार्यक्रम केही वर्षयतादेखि समस्याग्रस्त देखिन्छ । व्यवस्थापकीय पाटो कमजोर भएकाले पनि यसको प्रभावकारिता खस्कदो छ । 

यसै समस्याको समाधान गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले चासो देखाएका छन् । 
हाल १ लाख रुपैयाँसम्मको बीमा कार्यक्रम रहेकोमा यसलाई बढाएर पाँच लाख पु¥याउँने कार्ययोजना स्वास्थ्यमन्त्रीको छ । तर, यसकालागि सरकारले सकारात्मक संकेत गरेजस्तो नदेखिएकाले आफु प्रयासरत रहेको स्वास्थ्यमन्त्रीको भनाई छ । 

स्वास्थ्य बीमामा देखिएका समस्या कै कुरा गर्ने हो भने अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा स्वास्थ्य बीमाअन्तर्गतको शल्यक्रिया सेवा स्थगित छ । 

बीमा बोर्डको शल्यक्रिया दररेट र शिक्षण अस्पतालको दर फरक परेको भन्दैं शिक्षण अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गतको शल्यक्तिया सेवा नै बन्द गरिएको हो । 

यसरी बीमा मार्फत अस्पतालले गर्ने शल्यक्रिया नै बन्द गरिदाँ बिमित मर्कामा परेका छन् । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएपनि तत्काल सेवा सञ्चालनका कदम चालिएका छैनन् ।

स्वास्थ्य बिमामार्फत पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा पाउँने गर्दछन् । साथै परिवारमा त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति सात सयका दरले शुल्क तिरेमा २० हजारको सेवा थप हुँदै जान्छ र १० जनासम्मको परिवारले दुई लाखसम्मको उपचार सेवा पाउँने प्रावधान रहेको छ । तर पछिल्लो समय स्वास्थ्य बीमामा देखिएका विभिन्न समस्याका कारण स्वास्थ्य बीमा गर्ने मात्र नभएर नवीरण गर्नेको संख्या पनि घट्दै गएको छ । 

नेपालको स्वाथ्य बीमा कार्यक्रम सामाजिक उतरदायित्वको अवधारणामा आधारित सेवा भएता स्वास्थ्य बीमा गरेपछि त्यो रकम आफूले जसरी पनि प्रयोग गर्नुपर्ने सोच हावी हदाँ पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको स्वास्थ्य बीमा बोडको भनाइ छ । 

स्वास्थ्य बीमा गरेर पनि औषधी उपचार नपाइने, बढि झन्झटीलो तथा बीमाको दायरामा आएको कमी लागायतका कारण आमनागरिकमा बीमा प्रति उदासिन्ता बढ्दै गएको छ । साथै स्वास्थ्य बीमा बोर्ड आफै समस्याग्रत बन्दा पनि समस्या तत्काल सुधारको अवस्था छैन । त्यसैले पहिले तालुकदार मन्त्रालयले समस्याका समग्र पक्षको सुधारलाई प्राथमिकतामा राखि काम गर्न आवश्यक छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update